अर्जेन्टिनाका पूर्वराष्ट्रपतिको निधन

ब्युनस आयर्स : दक्षिण अमेरिकी मुलुक अर्जेन्टिनाका पूर्वराष्ट्रपति कार्लोस मेनेमको ९० वर्षको उमेरमा निधन भएको छ । स्थानीय संचार माध्यमहरूले उनको हृदयघातका कारण निधन भएको जनाएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई केही दिनअघि ब्युनस आयर्सस्थित लस आर्कोस अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।
श्री कार्लोस सन् १९८९ देखि १९९९ सम्म अर्जेन्टिनाको राष्ट्रपति थिए । उनी सन् २००५ देखि ला रियोजा प्रान्तबाट सिनेट सदस्य पनि रहेका थिए । राष्ट्रपति अल्बर्टो फर्नान्डेजले पूर्वराष्ट्रपति मेनेमको निधनप्रति दुःख प्रकट गर्दै पूर्वराष्ट्रपति मेनेम लोकतन्त्रका लागि सदैब प्रतिबद्ध राष्ट्रका सच्चा नेता रहेको बताए । रासस

'कम्बोडियामा क्यान्सरबाट हरेक दिन ३८ जनाको मृत्यु'

एक महिनामा दुई लाख ५० हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता

गाजामा भएको इजरायली हमलामा १९ जनाको मृत्यु

विदेशमा निर्माण हुने सबै चलचित्रमाथि सतप्रतिशत कर लगाउन ट्रम्पको आदेश

नुनकाे ढिकाेका कारण पाकिस्तानसँग झुक्नु पर्ने हुन्छ भारतले

अष्ट्रेलियामा बिपक्षी नेताले नै हारे चुनाव, २० बर्ष पछि लेवर पार्टी बहुमतमा

अमेरिकाद्वारा युक्रेनलाई तीन अर्ब १० करोड बराबरको सैन्य सहयोग घोषणा

प्रतिक्रिया