पोस्तकको कथा संग्रह ‘मुन्नी’ बजारमा

काठमाडौँ : पोस्तक श्रेष्ठको कथा संग्रह 'मुन्नी' बजारमा आएको छ । अमेरिकामा रहेर पर्यटन पेशामा आवद्द श्रेष्ठले सामाजिक कथा समेटेर संग्रह ल्याएका हुन् । लिपि बुक्सले बजारमा ल्याएको पुस्तकमा २२ वटा कथा समावेश छन् । संग्रहित पुस्तक समावेश कथाहरु समग्र नेपाली समाजका विविध आयामहरुलाई समेटेको श्रेष्ठले बताए ।
‘अमेरिका तथा नेपाली समाजका विभिन्न घटनाहरु कथामा अटाएका छन् । किनकी एउटा लेखक कुनैपनी विषयमा तटस्थ हुन सक्दैन्’ उनले भने, ‘कथामा सामाजिक विषयहरु अटाएका छु। जहाँ प्रेम,युद्ध,राजनिती तथा सामाजिक विषय छन् ।’
पुस्तक प्रकाशन गर्नु अघि कथाहरु आफ्ना भएपनी प्रकाशन पश्चात् भने पाठकको रहेको उनले बताए । ‘अब मैले पुस्तकमाथी चर्चा गर्नुभन्दा पाठक आफैँले मुल्यांकन गर्नुहुन्छ’ उनले । लामो समयदेखी श्रेष्ठले पत्रपत्रिकामा कथा तथा कविताका माध्यमले आफ्नो उपस्थिती देखाइसकेका छन् ।
नेपाली साहित्य क्षेत्रमा कथा लेखन सुस्तता रहेको बेला श्रेष्ठका कथा आउनु सुखद पक्ष रहेको प्रकाशक अर्जुन अधिकारीले बताए। ‘यी कथा मात्र होइनन् । हाम्रो समाजका विम्व हुन्’ उनले भने। श्रेष्ठले लेखेका फरकधारका कथाले पाठकलाई कथाप्रती सम्मोहन बढाउन महत्वपूर्ण भूमिका खेल्न सक्ने अधिकारीको भनाइ छ ।
पूर्वसचिव पाण्डेको ‘सम्झनाका फूलहरू’ बजारमा

‘नीलो प्रेम’ लिएर आए पुरुषोत्तम

तिमी यसरी आयौ

कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक

लीलबहादुर क्षेत्री : नेपाली साहित्यका उज्ज्वल नक्षत्र

साहित्यकार लीलबहादुर क्षेत्रीको निधन

यस वर्षको रुद्रराज साहित्य पुरस्कार गार्गी शर्मालाई

प्रतिक्रिया