कोभिड खोप लगाउँदा ज्येष्ठ नागरिकलाई प्राथमिकता दिन विवेकशील साझाको माग

काठमाडौँ : विवेकशील साझा पार्टीले कोभिड-१९ विरुद्धको खोप लगाउँदा ज्येष्ठ नागरिकलाई प्राथमिकता दिन माग गरेको छ । कोभिड-१९ को जोखिममा सबैभन्दा धेरै ज्येष्ठ नागरिक रहेकाले उनीहरुललाई प्राथमिकतामा राखेर खोप लगाउन विवेकशील साझाले माग गरेको हो ।
आइतबार विज्ञप्ती निकालेर विवेकशील साझा पार्टीको साझा ज्येष्ठ नागरिक संगठनका संयोजक महेनमोहन श्रेष्ठले तत्काल कोभिड खोप अभियानमा ज्येष्ठ नागरिकलाई प्राथमिकता दिन माग गरेका हुन् ।
'कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेमा सबैभन्दा उच्च जोखिममा रहेका ज्येष्ठ नागरिकहरूलाई सरकारले खोप अभियानको तेस्रो चरणसम्ममा पनि प्राथमिकतामा नपार्नु अत्यन्त दुःखद र दुर्भाग्यपूर्ण छ', विवेकशील साझाले निकालेको विज्ञप्तीमा भनिएको छ, 'अहिलेसम्मको उपेक्षाप्रति क्षमा याचना गर्दै खोप अभियानको यसपछिको चरणमा ज्येष्ठ नागरिकलाई मुख्य प्राथमिकतामा राख्न साझा ज्येष्ठ नागरिक संगठन सरकारसँग जोडदार माग गर्दछ।'
भारतबाट अनुदानमा ल्याइएको दश लाख डोज खोप सरकारले प्राथमिकता निर्धारण गरेर लगाइरहेको छ । सुरुमा फ्रन्टलाइनरदेखि पत्रकारसम्मलाई खोप लगाएपनि ज्येष्ठ नागरिकलाई प्राथमिकता दिन सरोकारवालाले पनि माग गर्दै आएका छन् ।

नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने

ललितपुर महानगरले गरिदियो एकल महिला र सरसफाइकर्मीको स्वास्थ्य बीमा

यी ६ लक्षण छ ? हुनसक्छ मृगौला फेल

पाकेकाे भन्दा काँचो आँप खादाँ यस्तो हुनेछ ४ फाइदा

स्वास्थ्य मन्त्री पाैडेल अस्पताल भर्ना

डिजिटल स्वास्थ्य सुधारमा नेपाल प्रतिबद्ध छः मन्त्री पौडेल

थाइल्याण्डमा क्रियाशील नेपाली स्वास्थ्यकर्मीसँग मन्त्री पौडेलद्वारा सुझाव संकलन

प्रतिक्रिया