पूर्व राज्यमन्त्री राय जुवा खालबाट पक्राउ

काठमाडौं : पूर्वराज्यमन्त्री खोभारी राय यादवसहित १० जना जुवाखालबाट पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त स्वयम्भुले उनीहरुलाई शनिबार पक्राउ गरेको हो । पक्राउ पर्नेमा विक्रम लामा, देवेन्द्र श्रेष्ठ, उत्तर कुमार लामा, जीतपुर लामा, पर्वत भण्डारी, कान्छा तामाङ र सबिन लामालगायत छन् ।
स्वयम्भुस्थित साँइली तामाङको घरमा जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका उनीहरुको साथबाट १ लाख ५३ हजार नगद समेत प्रहरीले बरामद गरेको छ ।
पछिल्लो समय राजनीतिमा निष्क्रिय रहे पनि राय यसअघि २०५२ सालमा शेरबहादुर देउवा, २०५३ सालमा लोकेन्द्रबहादुर चन्द र २०६८ सालमा डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा राज्यमन्त्री भएका थिए ।
२०७४ सालमा तत्कालीन नेकपा माओवादी केन्द्रमा प्रवेश गरेयता उनी राजनीतिमा सक्रिय छैनन् ।

आज बागमती प्रदेशमा सार्बजनिक बिदा

आज कुन-कुन प्रदेशमा पानी पर्दैछ?

आज तपाइको भाग्य कस्तो छ? (हेर्नुहोस राशिफल)

मुग्लिनमा मापसे गरेका चालकले बस एकआपसमा ठोक्काए, प्रहरीले लियो नियन्त्रणमा

२५ वर्षमा बाल मृत्युदरमा ७८ प्रतिशतले कमी
_dFhR7ZzbOe_nzzcejongiwyxgvqjfrhtywapllf6fz2m166326sv2wepmifeccwdtjtbmik_Ki2nye6Q1n_y4xziyryzshgbkskneftipo7onsham6isxiod2rnvtd0rnl0zndnwcharidm.jpg)
‘मिसेस टुरिजम क्विन इन्टरनेशनल–२०२५’ मा नेपाललाई ऐतिहासिक सफलता, डा मल्लले …

एउटै आमाको कोख, एउटै बाबुको सपना : जो छन् प्रहरीको नेतृत्वमा

प्रतिक्रिया