किर्ते गरेको आरोपमा सिम्रौनगढका प्रशासकीय अधिकृतसहित तीन पक्राउ

जनकपुरधाम : बारा प्रहरीले किर्ते हस्ताक्षरको आरोपमा जिल्लाको सिम्रौनगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनालाई पक्राउ गरेको छ । असारको अन्तिम साता सम्पन्न नगरसभाको माइन्यूटमा किर्ते हस्ताक्षर गरी पास गरेको उजुरीको आधारमा प्रहरीले सिम्रौनगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिओमप्रसाद जयसवाल, योजना शाखाका जितेन्द्र यादव र लेखा अधिकृत सर्वेन्द्र चौधरीलाई पक्राउ गरेको हो ।
अधिकृत जयसवाल आफै हाजिर भएको तथा योजना शाखाका यादव र लेखा अधिकृत चौधरीलाई नगरपालिका कार्यालयबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले किर्ते जालसाजी मुद्दाको आरोपमा अनुसन्धानका लागि तीन दिनअघि नै यादव र चौधरीलाई पक्राउ गरिएको र उनीहरूको बयानका आधारमा प्रमुख प्रशासकीय अधिकृत जयसवाललाई पनि हाजिर गराइएको जानकारी दिए । पक्राउ परेकाहरूलाई नियन्त्रणमा राखी मुद्दाको थप अनुसन्धान सुरु गरिएको उनले बताए ।
नगर सभा सम्पन्न भएपश्चात उपमेयर रिमा देवीसहितका नगर कार्यपालिका बोर्डका १७ जनाले मेयर विजयशंकर यादवसहित नगरपालिकाका कर्मचारीविरुद्ध जिल्ला अदालतमा दिएको उजुरी आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।
मेयर यादवविरुद्ध पनि मुद्दा रहेकोले उनी गत साता नै अदालतमा हाजिर भइ १५ दिने म्यादको तारिखमा रिहा भइसकेको उपमेयर रिमा देवीले जानकारी दिइन । उपमेयर देवीले आफूसहित कार्यपालिका बोर्डको सदस्यहरूको हस्ताक्षर किर्ते गरी नगर सभा सम्पन्न गरी, नगर सभाबाट पारित योजनाहरू कार्यान्वयनमा ल्याउन खोज्दा थाहा भएपछि उजुरी दिन बाध्य भएको बताइन ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया