पूर्वप्रधानमन्त्रीद्वय नेपाल र डा. भट्टराईलाई मुद्दा नचलाउने अख्तियारको निर्णयको फाइल झिकाउने आदेश

काठमाडौँ : पूवप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईका सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट भएका निर्णयको मिसिल झिकाउन सर्वोच्च अदालतले आदेश दिएको छ ।
आइतबार न्यायाधीशद्वय डा.आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयालको संयुक्त इजलासले प्रधानमन्त्रीद्वय नेपाल र डा. भट्टराईविरुद्ध परेको रिटमा निर्णयमा पुग्न आवश्यक कागजात नभएपछि मिसिल झिकाउने आदेश दिएको हो ।
अख्तियारले मन्त्रिपरिषद्बाट भएका नीतिगत निर्णयका आधारमा ललिता निवासको सरकारी जग्गा प्रकरणमा मुद्दा नचलाएको भन्दै वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । ललिता निवास प्रकरणमा पूर्वमन्त्रीहरू, पूर्वप्रशासकलगायत एक सय १० जनाविरुद्ध भ्रष्टाचार र ६५ जनाको जग्गा जफत गर्नेगरी मुद्दा दायर गरिसकेको छ ।
सर्वोच्च स्रोतका अनुसार सर्वोच्च अदालतबाट २०५३ असोज ८ गते प्रतिपादित नीतिगत निर्णयसम्बन्धी नजिर र अख्तियारद्वारा पूर्वप्रधानमन्त्रीद्वयको हकमा लिइएको निर्णयको आधार हेर्नका लागि अख्तियारको निर्णयसम्बन्धी कागजात झिकाउने निर्णय भएको हो ।
विशेषको फैसलाविरुद्ध आयोग सर्वोच्चमा

रामबहादुर बम्जनको मुद्दा उच्च अदालतले उल्ट्यायो
५ वर्षमा नि टुंगिएन् संवैधानिक निकायका ५२ नियुक्तिको मुद्दा, आज पनि हेर्दाहेर्…
सेनिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर
विशेषको फैसलाविरुद्ध अख्तियार पुग्यो सर्वोच्चमा

सुनवाइ नसकिए पछि कुलमान र हितेन्द्रदेवको मुद्दा हेर्दाहेर्दैमा
विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन

प्रतिक्रिया