शुक्रराज अस्पतालमा कोभिडका बिरामीले धरौटी नराखे उपचार नपाउने

काठमाडौं : शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोभिड-१९ का बिरामीले धरौटी नराखे उपचार गर्न नपाउने भएका छन् । अस्पतालले एक सूचना जारी गर्दै कात्तिक १४ गतेदेखि लागू हुने गरी विरामीको अवस्था हेरेर शुल्क निर्धारण गरेको हो ।
आईसीयूसहित भेन्टिलेटरमा राख्नुपर्ने बिरामीका लागि दैनिक १५ हजार उपचार खर्च तोकेको छ भने ५० हजार धरौटी रकम जम्मा गर्नुपर्ने अस्पतालको सूचनामा उल्लेख गरेको छ । आईसीयूबाहेक भेन्टिलेटरमा रहेका बिरामीको दैनिक खर्च सात हजार पाँच सय उपचार खर्च लाग्ने बताएको छ । त्यस्तै धरौटी रकम ३० हजार उल्लेख गरेको छ ।
क्याबिन आइसोलेसनमा बस्नेले दैनिक सात हजार पाँच सय खर्च र ३० हजार धरौटी जम्मा गर्नुपर्ने भएको छ । त्यस्तै गास्ट्रो आइसोलेसनमा बस्नेले दैनिक तीन हजार पाँच र २० हजार धरौटी जम्मा गर्नुपर्ने भएको छ । त्यसैगरी अस्पतालका प्रमुख वरिष्ठ कन्सल्टेण्ट र निर्देशकको लिखित निर्णयमा बिरामीको आर्थिक अवस्था, औचित्यता र आवश्यकताका आधारमा उपचार खर्चमा १० प्रतिशतदेखि शतप्रतिशतसम्म छुट दिन सकिने पनि अस्पतालले जनाएको छ । ७० वर्ष कटेका जेष्ठ नागरिक, अति अपाङ्गता भएका, अशक्तता र एकल महिलाको प्रमाणपत्र भएमा भने उपचार शुल्कमा १० प्रतिशतदेखि शत प्रतिशत छुट हुने उल्लेख छ ।
केहि समयअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निश्चित वर्गबाहेक अरु कोभिड-१९ का बिरामीको निःशुल्क उपचार नगर्ने निर्णय गर्यो । यो निर्णयसँगै केही नीजि अस्पतालले कोभिडका बिरामीका लागि शुल्क निर्धारण गरे । त्यसलगत्तै चौतर्फी बिरोध भएको थियो ।

गर्मीको फल जामुन खानुहोस्, मधुमेहवाट टाढा रहनु होस्

गर्मीको सुपर फुड करेला, झुक्किएर पनि नखानुहोस् यी चीजसँग

सरकार र आन्दोलनरत आवासीय चिकित्सकबीच चार बुँदे सहमति

छुटेका बालबालिकालाई वैशाख ३१ गते खोप लगाइने

दार्चुलाको गोकुलेश्वर अस्पताल सञ्चानलमै कठिनाइ

अब स्वास्थ्य बीमा आफै बसेको ठाउँबाट पाइने

उपचारमा संलग्न चिकित्सकको पूर्ण विवरण खुलाउन स्वास्थ्य मन्त्रालयको निर्देशन

प्रतिक्रिया