विजयजंग बस्नेतविरुद्ध सपनाले दिइन् प्रहरीमा उजुरी

काठमाडौँ : पशुपतिमा वेवारिसे शव जलाएर प्रशंसा बटुल्दै बीबीसीको १०० महिलाको सूचीमा परेकी सपना रोका मगरले विजयजंग बस्नेतविरुद्ध प्रहरीमा उजुरी दिएकी छिन् । आइतबार उनले बस्नेतविरुद्ध महानगरीय प्रहरी परिसर, टेकुमा उजुरी दिएकी हुन् ।
एक समय सपना विनयलाई बुवा भनेर सम्बोधन गर्ने गर्थिन् भने विनय सपनालाई छोरी भन्थे । तर पछिल्लो समय आपसी विवाद बढेपछि सपना विनयविरुद्ध उजुरी दिन प्रहरीमा पुगेकी हुन् । पछिल्लो समय विनयले सपनामाथि यौन दुव्र्यवहार गरेको आरोप समेत लागेको छ ।
सपनाका अश्लील फोटो आफूसँग मोबाइल र पेनड्राइभमा सुरक्षित रहेको भन्दै युट्यबुमा अन्तर्वार्ता दिएपछि उनीहरुभित्रको विवाद थप बाहिर आएको हो । विनयले सपनामाथि धम्कीपूर्ण चेतावनी दिएपछि महिला अधिकारकर्मीले प्रहरीमा उजुरी दिएर कारवाही गर्नुपर्ने माग उठाएका थिए ।
सोही क्रममा आइतबार उजुरी दर्ता भएको हो । परिसरका एसएसपी अशोक सिंहले विनयविरुद्ध उजुरी दर्ता भएको पुष्टि गर्दै थप अनुसन्धानका लागि अदालतबाट पक्राउ पुर्जी मागिएको बताए । पुर्जी ल्याएर विनयलाई पक्राउ गरेर थप अनुसन्धान अगाडी बढाउने सिंहले इकागजसँग बताए ।
‘उजुरी दर्ता भएको छ । अदालतबाट पक्राउ पुर्जी ल्याउने काम भइरहेको छ’ एसएसपी सिंहले भने, ‘पक्राउ गरेपछि थप अनुसन्धान अगाडि बढाउँछौ ।’
विवादको भित्री चुरो के हो ?
पशुपतिमा बेवारिसे शव जलाएर समाजसेवा गरेको भन्दै चर्चामा आएका बस्नेत बेला बेला सामाजिक सञ्जाल युटयुबमा विवादास्पद अन्तर्वार्ता दिएर थप विवादमा समेत आउने गरेका थिए । बस्नेतको अभियानमा जोडिएर पशुपतिमा वेवारिसे शव जलाउन थालेकी १८ बर्षीया युवती सपना रोका मगरलाई बीबीसीले केही समय अगाडि १०० प्रभावशाली महिलाको सूचीमा राखेर थप चर्चित बनाएको थियो ।
त्यसपछि सपनाको कामको चर्चा मात्रै होइन, सबैले प्रशंसा गरे । तर बेवारिसे शव जलाउने अभियानको नेतृत्व गरेका विनय भने आफू ओझेलमा परेको भन्दै भित्रभित्रै गुनासो गर्ने गरेका थिए । सडकमा पुगेकी सपनालाई आफूले हिरो बनाएको भन्दै विनय बेला बेला अन्तर्वार्ता दिने गर्थे ।
सपनाले पनि आफूलाई कर्म दिने बुवा भएको भन्दै विनयको प्रशंसा गर्थिन् । तर पछिल्लो समय उनीहरुबीच मनमुटाव भयो । यतिसम्मकी सपनाले पशुपतिमा वेवारिसे शव जलाउने अभियान छाडेर म्याग्दी जानुपर्यो ।
तर पनि विवाद साम्य भएन् । युट्युबरले गर्दा दुई जनाबीचको विवाद झन उत्कर्षमा पुग्यो । पछिल्ला अन्तर्वार्तामा विनयले झोक्किदै सपनाका अश्लील फोटो आफूसँग रहेको र ती सार्वजनिक गरेर सपनाको चरित्र हत्या गर्ने धम्की दिएको भिडियो क्लिप भाइरल भयो ।
त्यसपछि धेरैको ध्यान सपना र विनयको विवादमा तानियो । अधिकारकर्मीले विनयलाई कारवाही गर्नुपर्ने माग उठाए । अन्याय सहन नहुने भन्दै सबैको सल्लाह सुझाव र दबाब आएपछि सपनाले आइतबार प्रहरीमा उजुरी दर्ता गरेकी हुन् ।

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

जग्गा किर्तेमा संलग्न समाजवादीबाट निर्वाचित वडाध्यक्ष पक्राउ

पत्रकार महिलाहरूको अक्षयकोषमा ५१ लाख सङ्कलन

बाघको आक्रमणबाट एक जनाको मृत्यु

पूर्व राजाका संवाद सचिव फणिराज पाठक छुटे

नक्कली पेस्तोल देखाएर मुख थुन्दै लुट्ने चार जना युवा पक्राउ

राजश्व परामर्श समितिको बैठक सम्पन्न, २५ अर्बको बजेट सिमा

प्रतिक्रिया