तुयुकाजी ताम्राकारकाे कविता संग्रह लाेकार्पित

काठमाडौं : अक्षरमार्गकाे प्रकाशकत्वमा प्रकाशित तुयुकाजी ताम्राकारकाे छैठौं कृति 'लुकेकाे क्षितिज' (कविता संग्रह) एक समारोहबीच पनाैतीमा लाेकार्पित भयो । उक्त लाेकार्पण कार्यक्रममा जनमत वाङ्गमय प्रतिष्ठानका अध्यक्ष एवं वरिष्ठ साहित्यकार माेहन दुवाल, अक्षरमार्गका अध्यक्ष सूर्य प्रसाद लाकाेजू, स्रष्टा तुयुकाजी ताम्राकार, वरिष्ठ लाेकगायक मच्छेश्वर सापकोटा र लक्ष्मण सापकोटाले आ-आफ्नो मन्तव्य राखेका थिए ।
प्रकाशित कृति माथि पनाैती साहित्य समाजका अध्यबक्ष रामसुन्दर देउजाले बाेलेका थिए भने कार्यक्रम संचालन काभ्रे सेवा समाजका अध्यक्ष केशव थापाले गरेका थिए । ध्रुबकृष्ण ताम्राकारले कृतिमा समेटिएका केही कविता वाचन गरेका थिए । यस अघि तुयुकाजी ताम्राकारले प्राचीन कथा संग्रह, नियात्रा संग्रहका साथै कविता संग्रह प्रकाशन गरिसकेका छन् ।

अछाम-बाजुरा निर्वाचन क्षेत्रको पहिलो सांसद बूढथापाको स्मृतिग्रन्थ लोकार्पण

गायिका एलिना र समीक्षाले भेटे गृहमन्त्री, भेटपछि यसो भन्छिन् एलिना

गायिका एलिना चौहान साइबर ब्यूरोमा, भन्छिन्ः चरित्रहत्या गर्ने अधिकार कसैलाई छैन

विश्वको एउटा फिल्म, जस माथी लागेकाे थियाे १०० देशमा प्रतिबन्ध

‘लालीबजार’ मा स्वस्तिमा

विनोद शाहीको डेब्यु अभिनय र निर्देशनमा 'अन्त नसरे' (भिडियो)

सात चलचित्र भवनमा ‘अञ्जिला’ ले पूरा गर्यो प्रदर्शनको एक सय दिन

प्रतिक्रिया