करिष्मा सदाबहार नायिका कि महानायिका ?

काठमाडौं : उपाधि आफैंमा विभेदकारी व्यवस्था हो । एउटालाई महान भन्दा यसले अर्कोले गरिरहेको उत्तिकै योगदानलाई अवमूल्यन गरिरहेको हुन्छ । तर, नेपालमा न दिनेलाई यसको हेक्का छ न लिनेलाई । अझ नेपालका फिल्म कलाकारको कुरा गर्ने हो भने त उनीहरू कार्यक्रमैपिच्छे नयाँ नयाँ उपाधि लिन्छन् ।
उपाधिको यस्तै खेलाँचीको ताजा उदाहरण बनेकी छिन् अभिनेत्री करिष्मा मानन्धर । गत शनिबार करिष्मा मानन्धरलाई एउटा कुनै संस्थाले अचानक ‘महानायिका’को पदवी थियो । महानायकको पदवी धारण गरेको अभिनेता राजेश हमालले महानायिका लेखिएको ‘स्यासे’ करिष्मालाई पहिराउँदै महानायिकाको कमी पूरा गरिदिए ।
शनिबार प्राविधिकहरूको संस्थाले गर्न लागेको नेफ्टाले १० औं संस्करणको मनोनयन सार्वजनिक कार्यक्रम थियो । कार्यक्रम चलाइरहेका दयाराम पाण्डेले करिष्मालाई नेफ्टाले सदाबहार नायिकाको उपाधि दिएको स्मरण गराउँदै सोही सम्बोधनका साथ मञ्चमा बोलाए । करिष्मा नीर शाह, भुवन केसी, विश्वप्रकाश शर्मा, कृष्ण मल्ल आदिसँगै मञ्चमा बसिन् ।
तर, यो प्रसंगले करिष्मालाई अप्ठेरो लाग्यो कि लागेन कुन्नी ? सोल्टी होटलको प्रेक्षालयमा बसेको धेरै दर्शकलाई भने सकसक लाग्यो । किनकि नेफ्टाबाट सदाबहार नायिकाको उपाधि पाइसकेकी करिष्माले भर्खरै महानायिकाको उपाधि ग्रहण गरेकी थिइन् । सार्वजनिक समारोहमा उनलाई सदाबहादर नायिकाको रुपमा सम्बोधन गरिँदै आएको सुनिएको हो ।
तर, यतिले नपुगेर महानायिकाको उपाधि पनि थपिएको छ । फेरि यस्ता समारोहमा करिष्मालाई सम्बोधन गर्नेलाई पो सकस पर्नेभो, उनलाई सदाबहार नायिका भन्ने कि महानायिका ?

सन्नी देओलको बोर्डरः २ को सकियो सुटिङ

‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र

‘जाने भए जाम माया’ युट्युबमा सर्वाधिक हेरिएको गीत

सट्टेबाजी एप्स प्रचारमा दक्षिण भारतका १९ चर्चित कलाकारको संलग्नता, गरियो मुद्दा…

भीएस बिच रनवे २०२५ : समुद्र किनारमा फेसन, सङ्गीत र आत्मविश्वासको रंगीन समागम

कमेडियन कपिल शर्माको क्याफेमा गोली प्रहार, आतंकवादी समुहको संलग्नता

महिला फुटबलका प्रशिक्षकमाथि गायिका झुमाले गरिन 'त्यस्तो नाथे खुइले बाँदर' अभ…

प्रतिक्रिया