चुनावी आचारसंहिताबारे दलका नेताहरुसँग छलफल गर्दै निर्वाचन आयोग

काठमाडौँ : चुनावी आचारसंहिताबारे छलफल गर्न निर्वाचन आयोगले राजनीतिक दलका नेताहरुलाई बोलाएको छ । बैशाख १७ र २७ गते हुने चुनावका लागि आयोगले आचारसंहितामाथि दलका नेताहरुसँग छलफल गर्न लागेको हो ।
बिहान ११ बजे निर्वाचन आयोग कार्यालयमा हुने छलफलमा सबै दलका अध्यक्ष, सभापति तथा प्रतिनिधिहरुलाई बोलाइएको प्रवक्ता राज कुमार श्रेष्ठले जानकारी दिए । निर्वाचन आचारसंहिताको मस्यौदा तयार भइसकेको र दलका नेताहरुको सुझाव लिएर छिट्टै जारी गरिने प्रवक्ता श्रेष्ठको भनाई छ ।
तर सत्तारुढ नेकपाको आधिकारिक विवाद टुंग्याउन नसकेको भन्दै निर्वाचन आयोग आलोचित छ । प्रवक्ता श्रेष्ठ भने निर्वाचन आचारसंहिता र नेकपाको आधिकारिकता विवाद सँगसँगै टुंगिने दाबी गर्छन् ।
‘नेकपाको आधिकारिकता विवादबारे आयोगले अध्ययन गरिरहेको छ’ उनले इकागजसँग भने, ‘निर्वाचन आचारंसहिता जारी गर्ने काम र नेकपाको आधिकारिकता विवाद सँगसँगै टुंगिन्छ । यो काम छिट्टै हुन्छ ।'

विधान महाधिवेशनमा केन्द्रित हुन महासचिव पोखरेलको निर्देशन

कांग्रेस बैठकमा समसामयिक विषयमा छलफल जारी

रास्वपाको सचिवालय बैठकले गर्यो यस्तो निर्णयहरु

कोइरालाले चौधरीलाई लक्षित गर्दै भनेः पार्टीलाई चन्दा दिएकै भरमा सबैले नेता म…

संविधानको महत्त्वपूर्ण कुरा उल्टाउने प्रयास हुँदैछः अध्यक्ष प्रचाण्ड

नेकपा एसले रामकुमारी झाक्रीलाई सोध्यो स्पष्टीकरण

राप्रपाले रुपन्देही ३ को उपनिर्वाचनका लागि उम्मेदवारको सूची पठाउन दियो निर्दे…

प्रतिक्रिया