शनिबार २७ बैशाख, २०८२
Saturday, May 10, 2025

गोकर्णेश्‍वरका १६ सामुदायिक विद्यालयको स्तरोन्‍नती

फाइल तस्बिर

काठमाडौँ : गोकर्णेश्‍वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले नगरपालिकाभित्र रहेका १६ सामुदायिक विद्यालयको स्तरोन्नति गरिएको बताएका छन् । वडा नं १ को बाटुलेचौरमा रहेको श्री रामजानकी आधारभूत विद्यालयको २८औँ वार्षिकोत्सव एवं अभिभावक दिवसको अवसरमा आयोजित कार्यक्रममा नगरप्रमुख चालिसेले स्तरीय पठनपाठनका लागि विद्यालयमा पढाइको वातावरण महत्वपूर्ण विषय भएकाले नगरपालिकाभित्रका सबै सामुदायिक विद्यालयमा भौतिक पूर्वाधार र जनशक्तिको क्षमता अभिवृद्धिलाई अभियानका रूपमा कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए ।

जोरपाटी–सुन्दरीजल सडकखण्डमा ढल निर्माणलगायतका काम अन्तिम चरणमा रहेको र यही फागुन १९ गतेदेखि सडक कालोपत्र सुरु गरिने उनले बताए । दुई महिनाभित्र सडक कालोपत्र पूरा गरिने नगरपालिकाको प्रतिबद्धता छ । काठमाडौंको गुह्येश्वरीदेखि वागद्वारसम्मको क्षेत्रलाई धार्मिक पर्यटन परिपथको रूपमा विकास गर्न लागिएको उल्लेख गर्दै नगरप्रमुख चालिसेले आगामी वैशाख १ गते मोटरसाइकलबाट वागद्वार जान सकिने बताए ।

नगरपालिकाका सल्लाहकार दीपक रिसालले नगरपालिकाले आधारभूत आवश्यकताको पहिचान गरी छुट्याएको बजेटको नतिजा देखिन थालेको बताए । कक्षा १ देखि ८ सम्म स्थानीय विषय समेटिएको पुस्तक लागू गरिएकामा यसकोे प्रभाव राम्रो देखिएको उनले बताए । वडा नं १ का अध्यक्ष राम मानन्धरले विद्यालय एवं सांस्कृतिक सम्पदाको संरक्षणका लागि विशेष पहल भइरहेको बताए  । त्यस अवसरमा विद्यालयमा दिवा खाजा सञ्चालन एवं शैक्षिक उन्नयनका लागि स्थापना गरिएको अक्षयकोषमा रकम जम्मा गर्ने दाता र विभिन्न विधामा उत्कृष्टता हासिल गर्ने विद्यार्थीलाई सम्मान तथा पुरस्कृत गरिएको थियो । 

डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै ठगी गर्ने सुजिता अधिकारी पक्राउ

डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै ठगी गर्ने सुजिता अधिकारी पक्राउ

सुत्नुअघि लगाउनु होस् यी पाँच चीज, बिहानै पाइनेछ छालामा चमक

सुत्नुअघि लगाउनु होस् यी पाँच चीज, बिहानै पाइनेछ छालामा चमक

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

जस्टिस समिट २०२५ सम्पन्न, जातीय विभेद अन्त्यका लागि प्रभावकारी कानुनी कार्यान्वयनमा जोड

जस्टिस समिट २०२५ सम्पन्न, जातीय विभेद अन्त्यका लागि प्रभावकारी कानुनी कार्यान्वय…

निरञ्जन अखाडाका स्वामी कैलाशानन्दद्वारा चन्द्रागिरि भालेश्वर महादेवको दर्शन

निरञ्जन अखाडाका स्वामी कैलाशानन्दद्वारा चन्द्रागिरि भालेश्वर महादेवको दर्शन

पाकिस्तानी दूतावास अगाडि प्रदर्शन : पहलगाम आतंककारी आक्रमणमा संलग्नलाई संरक्षण होइन कारबाही गर (फोटो फिचर)

पाकिस्तानी दूतावास अगाडि प्रदर्शन : पहलगाम आतंककारी आक्रमणमा संलग्नलाई संरक्षण…

भारतीय दूतावास अगाडि प्रदर्शन, 'शान्तिको कुनै विकल्प हुँदैन, युद्धमा कसैले पनि जित्दैनन्' (फोटो फिचर)

भारतीय दूतावास अगाडि प्रदर्शन, 'शान्तिको कुनै विकल्प हुँदैन, युद्धमा कसैले पन…

फेकनको सदस्यमा निराजन सिवाकोटीको उम्मेदवारी, भन्छन्- सेवा गर्ने अवसर दिनेमा ढुक्क छु

फेकनको सदस्यमा निराजन सिवाकोटीको उम्मेदवारी, भन्छन्- सेवा गर्ने अवसर दिनेमा ढ…