प्रतिनिधसभा विघटनविरुद्ध आजदेखि रिट निवेदकतर्फबाट जवाफी बहस

काठमाडौँ : प्रतिनिधिसभा विघटनविरुद्धका रिटमाथि आज (आइतबारदेखि) सर्वोच्च अदालतको संवैधानिक इजलासमा रिट निवेदकको जवाफी बहस सुरु हुनेछ । प्रधानमन्त्री केपी शर्मा ओली पक्षको बहस गत बिहीबार सकिएको हो । ओली पक्षका वकिलले इजलासमा उठाएका तर्कमा रिट निवेदक पक्षले आज जवाफ दिनेछन्
जवाफी बहसमा नेकपा दाहाल-नेपाल समूहका नेता देव गुरुङका तर्फबाट वरिष्ठ अधिवक्ताहरू रमण श्रेष्ठ र शम्मु थापालगायतले बहस गर्नेछन् । माघ ४ गते हेर्दाहेर्दैमा राखेर सुनुवाई भइरहेको प्रतिनिधिसभा विघटनविरुद्धका १३ रिट निवेदकका तर्फबाट ७० भन्दा बढी कानुन व्यवसायीले बहस गरे । जवाफी बहस सकेपछि एमीकस क्यूरीमा रहेका पाँच जनालाई समय दिइने सर्वोच्चले जनाएको छ ।
एमिकस क्युरीमा नेपाल बार एसोसिएसनका तर्फबाट बद्रीबहादुर कार्की, सतिशकृष्ण खरेल, विजयकान्त मैनाली, सर्वोच्च बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्य र गीता पाठक संग्रौला छन्। गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेपछि त्यसविरुद्ध सर्वोच्चमा रिट दर्ता भएका थिए ।
विशेषको फैसलाविरुद्ध आयोग सर्वोच्चमा

रामबहादुर बम्जनको मुद्दा उच्च अदालतले उल्ट्यायो
५ वर्षमा नि टुंगिएन् संवैधानिक निकायका ५२ नियुक्तिको मुद्दा, आज पनि हेर्दाहेर्…
सेनिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर
विशेषको फैसलाविरुद्ध अख्तियार पुग्यो सर्वोच्चमा

सुनवाइ नसकिए पछि कुलमान र हितेन्द्रदेवको मुद्दा हेर्दाहेर्दैमा
विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन

प्रतिक्रिया