ट्रम्पविरुद्धको महाअभियोग प्रस्ताव फेरि पनि असफल

काठमाडौँ : अमेरिकी कांग्रेस अर्थात संसद भवन अगाडि हिंसा मच्चाएर पाँच जनाको ज्यान लिनुमा जिम्मेवार रहेको आरोप लगाउँदै पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरूद्ध दर्ता भएको महाअभियोग प्रस्ताव फेरि पनि असफल भएको छ ।
अमेरिकी माथिल्लो सदन अर्थात सिनेटमा शनिबार राती भएको मतदानबाट महाअभियोग प्रस्ताव पारित हुन सकेन । ट्रम्पविरुद्धको महाअभियोग प्रस्ताव पारित गर्ने पक्षमा ५७ भोट परेको थियो । महाअभियोग प्रस्ताव पारित गर्नका लागि ६७ मत आवश्यक हुन्छ ।
तर १० मतले गर्दा ट्रम्पविरुद्धको महाअभियोग प्रस्ताव पारित हुन सकेन । विपक्षमा ४३ मत परेको थियो । ट्रम्पकै रिपब्लिकन पार्टीका केही सिनेटरले समेत महाअभियोग प्रस्तावको पक्षमा मतदान गरेका थिए ।
राष्ट्रपतीय चुनावमा पराजय व्यहोरेपछि ट्रम्पले संसद भवन बाहिर हिंसा मच्चाउन समर्थकलाई उक्साएका थिए । ट्रम्पले भड्काएको हिंसाविरुद्ध अमेरिकामा प्रदर्शन समेत भएको थियो । हिंसा मच्चाउने ट्रम्पको गतिविधिका कारण आक्रोशित भएका सामाजिक सञ्जाल सञ्चालकले उनका आधिकारिक अकाउण्ट नै बन्द गरिदिएका छन् ।
ट्वीटर र फेसबुकले ट्रम्पका आधिकारिक अकाउण्ट बन्द गर्दा युट्युबले समेत एक हप्ता उनको खातामा प्रतिबन्ध लगाएको थियो । ट्रम्पविरुद्ध महाअभियोग प्रस्ताव दोस्रोपटक असफल भएको हो । यसअघि महिलामाथि यौन दुर्व्यवहार गरेको र युक्रेनका राष्ट्रपतिसँग विवादास्पद फोन संवाद गरेको आरोपमा उनीमाथि महाअभियोग लगाइएको थियो ।
त्यतिबेला पनि तल्लो सदनबाट बहुमतले पारित भएको महाअभियोग प्रस्ताव माथिल्लो सदनबाट खारेज भएको थियो । माथिल्लो सदनबाट दुवै पटक महाअभियोग प्रस्ताव असफल भएपछि ट्रम्प अब सन् २०२४ को चुनावमा राष्ट्रपति पदको उम्मेद्वार बन्न पाउनेछन् ।
यद्यपी एकै कार्यकालमा दुई पटक महाअभियोग लाग्ने ट्रम्प अमेरिकी इतिहासकै पहिलो राष्ट्रपति हुन् ।

पाकिस्तानी प्रधानमन्त्रीको नीजि जीवनः चार पत्नीमा लेखिकादेखि मोडेलसम्म
किभमा रुसी हमलामा १४ जनाको मृत्यु, दर्जनौँ घाइते
फ्रान्सका पूर्वप्रधानमन्त्री फिलनलाई पत्नीको नक्कली जागिर प्रकरणमा जेल सजाय
भारतद्वारा आफ्ना नागरिकहरूलाई तेहरान छोड्न चेतावनी जारी

अस्ताना सम्मेलन मध्य एसियाको ’शाश्वत’ सम्बन्ध मजबुत बनाउने दिशामा कोशेढुङ्गा : …
तेहरानमा इन्टरनेट सेवा अवरुद्ध

'ट्रम्पले इरानविरुद्ध थप कदम चाल्न सक्छन्'

प्रतिक्रिया