सहिद दुर्गानन्द झाकी श्रीमतीलाई सम्मान

जनकपुरधाम : प्रथम गणतान्त्रिक शहिद दुर्गानन्द झाका श्रीमती काशीदेवीलाई नेपाली कांग्रेस तरुण विभाग प्रदेश नं २ ले सम्मान गरेको छ । कांग्रेसका केन्द्रीय सदस्य एवं कांग्रेस तरुण विभागका प्रमुख शंकर भण्डारीले शनिबार शहीद झाको पैतृक गाउँ जटहीमा उनलाई सम्मानका साथै शहिद झाको गणतान्त्रिक योगदानको सम्मानपत्र हस्तान्तरण गरेका हुन् ।
सम्मानपत्रमा लोकतन्त्र, गणतन्त्र, संघीयता, बहुलवाद, धर्मनिरपेक्षतासहितको लोकतान्त्रिक व्यवस्था ल्याउन आफ्नो अमूल्य जीवन न्यौछावर गर्ने अमर शहिद झाप्रति श्रद्धासुमन अर्पण र परिवारजनप्रति उच्च सम्मान व्यक्त गर्न पाउँदा गर्वको अनुभूति भएको उल्लेख छ ।
सो अवसरमा विभागका केन्द्रीय सदस्य एवं प्रदेश नं २ का संयोजक रामपल्टन साह, कांग्रेस धनुषा कार्य समिति सदस्य प्रवेश चौधरीले शहिद झाको नेपालमा गणतान्त्रिक शासन पद्धतिको स्थापनाको संकल्प, योगदान र राजा महेन्द्रमाथि बम प्रहार प्रसंगको चर्चा गरेका थिए । (रासस)

२१ वटा सामाजिक सञ्जालका एकाउन्टबाट ठगी गर्ने ७ जना पक्राउ

कतारबाट वैवाहिक जबरजस्ती करणी मुद्दाका फरार अभियुक्त पक्राउ

गणितको जादु : ‘अनम्याथ म्याथ टक’ कार्यक्रम हुने

सिड्स फर द फ्युचर, २०२५’को आवेदन खुला, उत्कृष्ट विद्यार्थी चिनमा हुने कार्यक्रमम…

वि. पी. स्मृति अस्पतालको फोहर रोक्का गरेर जरिवानाको पत्र : हानीकारक फोहर व्यव…

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ

जगद्गुरु शंकराचार्य श्री विदुशेखर भारती महास्वामीजीको नेपाल आउँदै

प्रतिक्रिया