प्रतिनिधि सभाको विघटन संसदीय व्यवस्थाको असफलता : वैद्य
काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी(क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्यले प्रतिनिधि सभाको विघटन संसदीय व्यवस्थाको असफलता भएको बताएका छन् । नेकपा क्रान्तिकारी माओवादी ३ नंम्बर प्रदेशले २६ औं जनयुद्ध दिवसको अवसरमा शनिबार काठमााडौंमा गरेको युवा मार्चपासको समापन कार्यक्रममा उनले नेपालमा संसदीय व्यवस्था असफल भएको र त्यसको फाइदा लिन वैदेशिक प्रतिक्रियावादी शक्तिहरू लागेको बताए ।
उनले दुई तिहाई बहुमतको धाक देखाएको सरकार पूर्णरूपमा अफल भएको बताए । दलहरूकै कारण जनयुद्धका आशिंक उपलव्धी नै गुम्ने खतरा भएको उनले बताए ।
कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी)का वरिष्ठ नेता सिपी गजुरलले नेपालको संसदीय व्यवस्थालाई नै परिवर्तन गर्नुपर्ने बताए । प्रतिनिधि सभाको विघटनपछि दलहरूको व्यवहारका कारण जनताहरू नै अलमलमा परेको उनको भनाइ छ ।
त्यसअघि काठमाडौंको शान्तिबाटिकाबाट सुरु भएको मार्चपास पुरानो बसपार्क, शहीदगेट, सुन्धारा, वायुसेवा निगम, न्युरोड गेट, वीरअस्पताल हुँदै पुनः शान्तिबाटिकामा पुगेर जनसभामा परिणत भएको थियो । जसभामा पार्टीका महासचिव मोहन वैद्यले २६ वटा मशाल बालेर र २६ वटा तोप पड्काएर जनयुद्ध समारोह तथा जनसभाको शुभारम्भ गरेका थिए ।

प्रधानमन्त्री ओलीद्वारा सगरमाथा संवादका अतिथिको सम्मानमा रात्रिभोज

राष्ट्रियसभाका अध्यक्ष दाहालसँग चीनको एनपीसी उपाध्यक्षको भेटवार्ता

‘सरकारले जनअपेक्षा अनुरुप काम गर्न सकेन'

विनियोजन विधेयक यथार्थपरक, आत्मनिर्भर र दीगो विकासमा केन्द्रित : अर्थमन्त्री पौड…

डिजिटल फेमवर्कको उद्देश्य पुरा गर्न डिजिटल साक्षरता अनिवार्य: मन्त्री गुरुङ

‘आगामी बजेटमा शिक्षा, स्वास्थ्य र रोजगारीलाई प्रमुख प्राथमिकता दिनुपर्ने’

प्रधानमन्त्रीसँग भारतका वनमन्त्रीको शिष्टाचार भेट

प्रतिक्रिया