विष्णु पौडेलको आह्वान : ‘टोलटोल, बस्तीबस्तीबाट चुनावको तयारीमा लाग्नुहोस्’

बुटवल : नेकपा (ओली पक्ष)का महासचिव विष्णु पौडेलले वैशाखमा हुने चुनावलाई दुनियाँको कुनै तागतले रोक्न नसक्ने बताएका छन् । शनिबार लुम्बिनी प्रदेशद्धारा आयोजित जनसभामा सम्बोधन गर्दै महासचिव पौडेलले बैशाख १७ र २७ गते निर्वाचन हुने दाबी गरेका हुन् ।
पौडेलले लुम्बिनी प्रदेशका नेता कार्यकर्तालाई प्रदेशमा बहुसंख्यक सिटमा मात्रै नभई हिजो हारेको ठाउँमा पनि जित्नेगरी चुनावी तयारी गर्न निर्देशनसमेत दिए । प्रधानमन्त्री ओलीले बलियो र शक्तिशाली पार्टी बनाई नयाँ पुस्तालाई हस्तान्तरण गर्न चाहेको भएपनि षडयन्त्रकारी तत्वका कारण पार्टीका नेता तथा कार्यकर्ताले एक कार्यकाल पुनः अध्यक्ष र प्रधानमन्त्री बनाउनुपर्ने अवस्था आएको उनको भनाई छ ।
‘म यहाँहरुलाई बताउन चाहान्छु, वैशाखमा चुनाव हुन्छ । वैशाखको १७ गते चुनाव हुन्छ । वैशाखको २७ गते चुनाव हुन्छ । दुनियाँको कुनै तागतले चुनावलाई रोक्न सक्दैन’, उनले भने,‘म यहाँहरुलाई आग्रह गर्न चाहान्छु यहाँहरु जनसभाबाट फर्किएपछि गाउँगाउँमा, टोलटोलमा, बस्तीबस्तीमा चुनावको तयारीमा लाग्नुहोस् । वैशाख १७ गतेको चुनावको तयारीमा लाग्नुहोस् ।’

जैविक विविधताकाले महत्त्वपूर्ण कान्ति ताल ‘बर्च वाचिङ’का रूपमा विकास गर्न सकिने

सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सकियो

जगदम्बा स्टिलमा विस्फोट हुँदा एक घाइते

बाँकेमा साइबर अपराधका उजुरी बढे

मेवा बिक्रीबाट आम्दानी गर्दै सहकारी

सिक्टा सिँचाइः पश्चिमी मूल नहरको छैटौँ शाखा निर्माण

कृषि र पशुपालनबाट किसानलाई आत्मनिर्भर बनाउँदै पाल्पाका दुई पालिका

प्रतिक्रिया