मुलुकको नेतृत्व ओलीले मात्रै गर्न सक्छन् : मन्त्री रायमाझी

बुटवल : नेकपा (ओली समूह) का नेता तथा ऊर्जा जलस्रोत तथा सिचाइँ मन्त्री टोपबहादुर रायमाझीले संघीय लोकतान्त्रिक मुलुकको नेतृत्व प्रधानमन्त्री केपी शर्मा ओलीले मात्रै गर्न सक्ने बताएका छन् । शनिबार ओली समूहको लुम्बिनी प्रदेशद्धारा आयोजित जनसभामा मन्त्री रायमाझीले संघीय लोकतान्त्रिक मुलुकको रक्षा, विकास र समृद्धिको नेतृत्व ओलीले मात्रै गर्न सक्ने बताएका हुन् ।
जनयुद्ध, जनआन्दोलन र मधेश आन्दोनलको घाइतेहरूको रक्षा पुष्पकमल दाहालले दुई पटक प्रधानमन्त्री हुँदा पनि गर्न नसक्दा ओलीले गर्नुपर्ने अवस्था आएको उनले बताए । उनले मन्त्रिपरिषद्बाट घाइतेको रक्षा र सहिद परिवारको सम्मान गर्ने व्यवस्था गर्ने निर्णय भइसकेको समेत बताए ।
उनले दाहाल र नेपालप्रति लक्षित गर्दै सरकार ढाल्ने र पार्टी फुटाउने बाहेक उनीहरूको रेकर्ड नभएको बताए । अर्को समूहसँग युद्ध र आन्दोलनको धङधङी रहेको उल्लेख गर्दै पार्टीको कार्यदिशा आफुहरूसँग रहेको जिकिर गरे । मन्त्री रायमाझीले दाहालले दुई मन्त्री आफ्नो पक्षमा फर्किदैछन् भनेर झुठको खेती गरेको उनको भनाइ छ । बरु दाहाल नेपाल समूहका नेता कार्यकर्ता चाहिँओली समूहमा आउन लर्को लागेको उनले बताए ।

वैदेशिक रोजगारमा जानेहरूलाई बिनाधितो ऋण दिने कार्यविधि अन्तिम चरणमा

कांग्रेस बैठक आजसम्म चल्ने

कृषि कर्जालाई सरलीकृत गरिदिन मन्त्री अधिकारीको आग्रह

युवाहरूलाई साथमा लिएर अघि बढ्छौँ : प्रचण्ड

राजनीतिलाई सङ्लो नपारेसम्म अन्य क्षेत्रमा सुधार गर्न सकिँदैन : बाबुराम भट्टराई

हेल्लो ! साम्बा एन्ड टिम विस यु अल द बेस्ट : प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीसँग नेपालमा लगानीको सम्भावना र अवसरबारे मलेसियाका व्यवसायीको…

प्रतिक्रिया