प्रदेश-२ सरकार भन्छ : एक वर्षमै ३५६ कि.मी. सडक निर्माण भयो

जनकपुरधाम : प्रदेश २ सरकारले गत आर्थिक वर्षमा ३ सय ५६ किलोमिटर सडक निर्माण गरकेो दाबी गरेको छ । प्रदेश भौतिक पुर्वाधार विकास मन्त्रालयले वार्षिक प्रगति विवरण सार्वजनिक गर्दै त्यती सडक निर्माण भएको बताएको हो ।
भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले आर्थिक वर्ष २०७६/०७७ ले वार्षिक प्रगति विवरण सार्वजनिक गर्दै महामारीका बेलामा पनि पुर्वाधार निर्माणतर्फ सरकार सफल भएको बताए । उनले महामारीका कारण आशा गरे अनुरुप कार्य गर्न नसकेपनि उपलब्ध श्रोत साधनलाई समुचित प्रयोग गर्दै प्रदेशभित्र सडक निर्माण, सिँचाई, खानेपानी, भौतिक संरचना निर्माणलगायतको क्षेत्रमा उल्लेखनीय काम भएको बताए ।
मन्त्री सोनलले कोभिड महामारीको प्रकोपका बावजुद प्रदेश भित्र आर्थिक वर्ष २०७६/०७७मा कुल ३ सय ५६ किलोमिटर सडक निर्माण गरिएको बताए । जसमध्ये ५१ किलोमिटर कालोपत्रे सडक, ७५ किलोमिटर ढलान, १ सय ७० किलोमिटर ग्राभेल तथा ६० किलोमिटर नयाँ बाटो खोल्ने गरी निर्माण गरिएको उनको भनाइ थियो ।
प्रगति विवरण अनुसार सिँचाईतर्फ ५ हजार ४ सय ३० हेक्टर जग्गा सिंचित गर्नेगरी ८ वटै जिल्लामा मझौला सिँचाई योजना कार्यान्वयनमा ल्याइने बताए । मन्त्रालयको प्रगति विवरणमा गत आर्थिक वर्षमा प्रदेशभित्र २६ वटा धर्मशाला निर्माण, ८ वटै जिल्ल्लामा गरी ९ वटा दलित छात्रावास निर्माण, ८ वटा ज्येष्ठ नागरिक आवास निर्माण कार्य सम्पन्न भएको उल्लेख छ ।
संघ सरकारको सहयोगमा प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रालयले संचालन गर्दै आएको जनता आवास कार्यक्रमअन्तर्गत गत २ आर्थिक वर्षमा २ हजार २ सय १ घर निर्माण कार्य सम्पन्नगरी हस्तान्तरण गरिसकिएको विवरणमा उल्लेख छ । चालु आर्थिक वर्ष जनता आवास कार्यक्रमअन्तर्गत ४ हजार ६ सय ५९ घर निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहेको सोनलले बताए ।
कार्यक्रममा मन्त्री सोनलले फागुन महिना भित्रै प्रदेश परिवहन भनिएका यातायात सेवा संचालन गरिने जानकारी दिए । करीब चार महिना अगावै प्रदेश सरकारले प्रदेश परिवहनका लागि ५ वटा बस किनेर ल्याइसकेको छ ।

आजका लागि विदेशी मुद्राको विनिमय दर

रैथाने कृषि उपजलाई बजारीकरण गर्दै ढिकी जाँतो

सुनको मूल्य बढ्यो, प्रतितोला कतिमा कारोबार हुँदैछ?

सिरहा छोटी भन्सारको राजस्व सङ्कलनमा वृद्धि

आजको लागि विदेशी मुद्राको विनिमय दर

कजारियाको नयाँ शोरूम बनेपामा उद्घाटन

इन्फिनिक्सको १८ महिनाको वारेन्टी र निःशुल्क स्क्रीन रिप्लेसमेन्ट अफरसहित ग्राहक स…

प्रतिक्रिया