ब्रिटनी र जेनेटसँग टिम्बरलेकले मागे माफी

लसएन्जल्स : १७ वर्ष अघिका दुई घटनाका लागि गायक तथा अभिनेता जस्टिन टिम्बरलेकले यतिबेला माफी मागेका छन् । शनिबार इन्स्टामा लामो स्ट्याटस पोस्ट गर्दै उनले पूर्व प्रेमिका ब्रिटनी स्पेयर्स र गायिका जेनेट ज्याक्सनसँग माफी मागेका हुन् ।
ब्रिट्नीसँग अफेयरमा रहँदा जस्टिनले उनलाई सही व्यवहार नगरेको र सन् २००४ को सुपरबउलको प्रस्तुतिको दौरान जेनेटको वस्त्र जानाजान तानिदिएको आरोप छ । ‘ म ब्रिटनी स्पेयर्स र जेनेट ज्याक्सनसँग माफी माग्न चाहान्छु । म उनीहरूको ख्याल राख्छु र सम्मान गर्छु तर म एउटा समयमा मैले त्यसो गर्न सकिँन,’ जस्टिनले लामो इन्स्टा पोस्टमा लेखेका छन् ।
जस्टिन र ब्रिटनीले टिनेजका दिनमा एक अर्कालाई डेट गरेका थिए । तर, ब्रेकअप पछि भने जस्टिनले सार्वजनिक रुपमै ब्रिटनीसँग सुतेको र उनले अफेयरमा रहँदा नै अर्को मान्छेसँग सुतेर धोका दिएको आरोप लगाएका थिए । यतिले नपुगेर जस्टिनले सन् २००२ मा ब्रिटनी जस्तै देखिने केटी राखेर ‘क्राई मी अ रिभर’ गीतमा ब्रिटनीलाई धोखेबाज प्रमाणित गर्ने कोशिस गरेका थिए ।
‘फ्रेमिङ ब्रिटनी स्पेयर्स’ शीर्षकको डकुमेन्ट्री सार्वजनिक भएसँगै जस्टिनले ब्रिटनीमाथि गरेको व्यवहार चर्चामा आएको हो । सन् २००८ देखि सुरु भएको कन्जरभेटोरीलाई केन्द्रमा राखेर बनाइएको डकुमेन्ट्रीमा मिडिया र अरुले कसरी ब्रिटनीलाई ‘सेक्सी’ वस्तुको रुपमा चित्रित गरे भन्ने देखाइएको छ । जेनेटलाई भने जस्टिनले स्टेजमा नै लुगा तानिदिएर मर्नु पारेका थिए ।
सपरबउलको प्रस्तुतिको दौरान जस्टिनले लुगाबाट जेनेटको नितम्ब देखाइदिएका थिए । जस्टिन र जेनेटले सल्लाहमै यो सब गरेका थिए कि अचानक भएको थियो, अनुसन्धानपछि पनि खुलेको थिएन । तर, यो घटना पछि जहाँ जस्टिनले स्टारडमको यात्रा समातेका थिए भने जेनेटको सांगीतिक करिअर भने ध्वस्त भएको थियो ।

बुद्धिसागरको कथामा चलचित्र निर्माण

भाजपा सांसद कंगनाले गर्ने भइन् हलिउडमा डेब्यु

भारतले लगायो पाकिस्तानको मनोरञ्जन बजारमाथि प्रतिबन्ध, ओटीटी प्लेटफर्म बन्द

किन हटाइयो युट्युबबाट अक्षयकुमारको हाउसफूलः ५ को टिजर ?

टाइगर श्राफको आमासँग राखि बाँध्छन् अनुपम खेर, दिए ज्याकीलाई गिफ्ट
_SalDMXpKqE_zszqkh4qkovfrdp5rzrfr53su4j92hmsihdetpzuljllsrbejfg4v1swxl5c_g4VACZqKqB_go5mwgtmt477p6wmey5r07vgz4qjf2fgulerzr9jcdwcgk6uyokexje5qena.jpg)
सुहाउँदो भूमिका पाएकाले चलचित्रमा अभिनय गरे : राजेश हमाल

मोहनलालको ‘थुडारम’ बन्यो मलयालम चलचित्रमा धेरै कमाउने तेस्रो फिल्म

प्रतिक्रिया