शनिबार १७ साउन, २०८२
Saturday, August 02, 2025

नयाँ विद्यालय सचेत अभियानको घोषणा

काठमाडौँ  :  शैक्षिक विकास तथा युवा रोजगार फाउण्डेशनले विकासको सामाजिक जागरणस्वरूप ‘नयाँ विद्यालय सचेत अभियान’ घोषणा गरेको छ ।  शनिबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरेर फाउण्डेशनले यस्तो घोषणा गरेको हो ।  देशलाई एउटा समृद्ध देशको रुपमा लैजान, गरिबी, बेरोजगारीका अन्त्य गर्न, गुणस्तरीय शिक्षाको विकास गर्न र विकासलाई उत्पादन, प्रविधि र विकासको सामाजिकीकरण लागि नयाँ विद्यालय सचेत अभियानको घोषणामार्फत सुरुवात गरिएको फाउण्डेशनले जनाएको छ ।

फाउण्डेशनले उक्त अभियानको उठानबाट देशमा विकासको नयाँ युग सुरुवात हुनेपनि विश्वास दिलाएको छ । फाउण्डेशनका अध्यक्ष दिपेन्द्र ढुंगानाले सामुदायिक विद्यालयको शैक्षिकस्तर सुधारको लागि विद्यालयका क्षमता विकास र तालिम तथा प्रविधि सञ्चालन गरिने बताए ।

त्यस्तै, मासिक रुपमा ११ जना शिक्षकहरुलाई एक लाख पाँच हजार राशिको ‘शैक्षिक सुधार शिक्षक पुरस्कार’ प्रदान गरिने उनको भनाइ छ । उनले देशका ७ सय ५३ वटै स्थानीय सरकारसँग वार्षिक रुपमा न्यूनतम एक करोड युवा स्वरोजगार कार्यक्रमका लागि बजेट व्यवस्थापन गर्न माग गरिएको बताए ।