थपिए ५७ जना कोभिड संक्रमित

काठमाडौँ : पछिल्लो २४ घण्टामा मुलुकभर थप ५७ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमिको संख्या २ लाख ७२ हजार ६१४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै शनिबार थप १३३ जना कोभिडमुक्त भएका छन् । हालसम्म नेपालमा २ लाख ६८ हजार ९२९ जनाले कोभिड जितेका छन् । गत २४ घण्टामा कोभिडका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।
नेपालमा हालसम्म २ हजार ५४ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । नेपालमाा हाल १६ सय ३१ जना आइसोलेसनमा र ८१ जना क्वारेन्टीनमा छन् भने हालसम्म २१ लाख १३ हजार ५४९ वटा पीसीआर परीक्षण गरिएको छ ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया