कोभिड-१९ बाट बाँकेमा दुई जनाको मृत्यु

नेपालगन्ज : बाँकेमा कोभिड-१९ बाट २ जनाको मृत्यु भएको छ । बाँकेमा उपचारका क्रममा दाङका दुई जनाको मृत्यु भएको जिल्ला कोभिड-१९ संकट ब्यवस्थापन केन्द्र बाँकेले जानकारी दिएको छ ।
केन्द्रका अनुसार मृत्यु हुनेमा घोराही उपमहानगरपालिका वडा नम्बर–४ ७० वर्षीय बृध्द र दाङ तुल्सीपुर उपमहानगरपालिका वडा नम्बर-१८ का ७० वर्षकै बृध्द रहेका छन् । उनीहरूमध्य एक जनाको बिहान र एक जनाको दिउसो मृत्यु भएको हो ।
शनिवार बिहान मृत्यु हुने घोराही उपमहानगरपालिका वडा नम्बर-४ दाङका व्यक्ति कार्तिक ११ गते नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको आइसियुमा भर्ना गरिएको थियो । आइसियुमा उपचाररत उनको कार्तिक १२ गते कोरोना परीक्षण गर्दा पोजेटिभ पाइएको थियो ।
यसैगरी स्वास्थ्यमा समस्या आएपछि कार्तिक १३ गते नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको आइसीयुमा भर्ना भएका दाङ तुल्सीपुर उपमहानगरपालिका वडा नम्बर- १८ निवासी बध्दको कार्तिक १४ गते गरिएको पीसीआर परीक्षणमा रिपोर्ट पोजेटिभ देखिएको थियो ।
दुबै एउटै उमेरका व्यक्तिहरुको उपचार गर्दा गर्दै शनिबार मृत्यु भएको केन्द्रका फोकल पर्सन नरेश श्रेष्ठले बताए । उनका अनुसार, बाहिरी जिल्लाबाट बाँकेमा आएर उपचार गर्दा ज्यान गुमाउने कोरोना संक्रमितको संख्या १९ पुगेको छ ।

समूहबाट आर्थिक समृद्धि खोज्दै दाङका महिला

चार सय वर्ष पुरानो सिवालय ओझेलमा

पहलगाम घटना : भैरहवामा शोकसभा र दीप प्रज्वलन

लुम्बिनीमा एक महिनामा ४०२ दुर्घटना, ३६ जनाको मृत्यु
लुम्बिनी कप महिला फुटबल : उपाधिका लागि विभागीय टोली भिड्दै

बस दुर्घटनामा दुई जनाको मृत्यु

शुद्धोधन गाउँपालिकाका अध्यक्ष चौधरी लक्षित गोली प्रहार

प्रतिक्रिया