निर्मला र भागरथीका हत्यारा पत्ता लगाउन नसक्ने गृहमन्त्रीले राजीनामा दिनुपर्छ : संग्रौला
काठमाडौँ : बैतडीकी किशोरी भागिरथी भट्टका हत्यारालाई कारवाही गर्न नसके पदबाट राजीनामा दिन कांग्रेस केन्द्रीय सदस्य डिला संग्रौलाले गृहमन्त्री रामबहादुर थापासँग माग गरेकी छिन् । शनिबार प्रेस विज्ञप्ती निकालेर कांग्रेस नेतृ संग्रौलाले १७ वर्षीया किशोरीको बलात्कारपछि हत्या भएको हप्ता दिनभन्दा धेरै समय भइसक्दा पनि दोषीलाई कारवाही गर्न नसक्ने गृहमन्त्रीले राजीनामा दिनुपर्ने बताएकी हुन् ।
‘घटना घटेको यतिका दिन वितिसक्दा पनि दोषीलाई पक्राउ गर्न नसक्नुले सरकार प्रति गम्भिर प्रश्न उब्जिएको छ’ संग्रौलाले विज्ञप्तीमा भनेकी छिन्, ‘निर्मला पन्त लगायतका बलात्कारका घटनालाई सरकारले आज सम्म पनि कानूनी दायरामा ल्याई न्याय दिन नसकेको वर्तमान अवस्थामा कतै सरकारले दोषीलाई संरक्षण गरिरहेको त छैन ? भनी आम नागरिकले आशंका व्यक्त गरिरहेका छन् ।’
दोषी पत्ता लगाउन नसक्ने गृहमन्त्रीले राजीनामा दिनुपर्ने उनको जोड छ । ‘यदि तुरुन्तै दोषी पत्ता लगाउन नसक्ने हो भने अविलम्व गृहमन्त्रीले राजिनामा दिनु पर्दछ’ उनले अगाडी लेखेकी छिन्, ‘यसका साथै सुदूर पश्चिम सरकारले तदारुकताका साथ उच्च स्तरीय छानविन समिति गठन गरि दोषी पत्ता लगाउने कार्यमा तुरुन्त कदम चाल्न जोडदार माग गर्दै चांडो भन्दा चांडो अअनुसन्धान प्रक्रियाले मूर्तरुप लिई अपराधीलाई न्यायको कठघरामा उभ्याउन र भागरथी भट्टको परिवारलाई न्याय दिलाउन सरकार लगायत सम्बद्घ सबै पक्षमा अनुरोध गर्दछौं ।’

विधान महाधिवेशनमा केन्द्रित हुन महासचिव पोखरेलको निर्देशन

कांग्रेस बैठकमा समसामयिक विषयमा छलफल जारी

रास्वपाको सचिवालय बैठकले गर्यो यस्तो निर्णयहरु

कोइरालाले चौधरीलाई लक्षित गर्दै भनेः पार्टीलाई चन्दा दिएकै भरमा सबैले नेता म…

संविधानको महत्त्वपूर्ण कुरा उल्टाउने प्रयास हुँदैछः अध्यक्ष प्रचाण्ड

नेकपा एसले रामकुमारी झाक्रीलाई सोध्यो स्पष्टीकरण

राप्रपाले रुपन्देही ३ को उपनिर्वाचनका लागि उम्मेदवारको सूची पठाउन दियो निर्दे…

प्रतिक्रिया