सेनाको हेलिकोप्टर चढेर प्रधानमन्त्री ओली बुटवल जाने

काठमाडौँ : नेकपा ओली समूहले आयोजना गरेको जनसभालाई सम्बोधन गर्न कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओली सेनाको हेलिकोप्टरमा बुटवल जाने भएका छन् । ओली समूहको लूम्बिनी प्रदेशले आयोजना गरेको जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली सेनाको हेलिकोप्टरबाट बुटवल जान लागेका हुन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ओली सेनाको हेलिकोप्टरबाट जाने भएपनि कति बजे प्रस्थान गर्ने कुरा बाहिर भन्न नमिल्ने बताए । ‘प्रधानमन्त्रीज्यू बुटवल जाने कार्यक्रम छ’ सल्लाहकार थापाले भने, ‘तर सुरक्षाका कारण कति बजे जाने भनेर भन्न मिल्दैन् ।’
नेकपा ओली समूहले आयोजना गरेको जनसभामा लाखौको सहभागिता हुने दाबी ओली समूहका नेताहरुले गरेका छन् । यसअघि बुटवलमा दाहाल–नेपाल समूहले लाखौको सहभागितामा शक्ति प्रदर्शन गरेको थियो ।
नेकपाका ओली र दाहाल-नेपाल समूह विभाजनपछि एक अर्काविरुद्ध ठूलो जनमास आफूतिर रहेको भन्दै शक्ति प्रदर्शनतिर लागेका छन् ।

विधान महाधिवेशनमा केन्द्रित हुन महासचिव पोखरेलको निर्देशन

कांग्रेस बैठकमा समसामयिक विषयमा छलफल जारी

रास्वपाको सचिवालय बैठकले गर्यो यस्तो निर्णयहरु

कोइरालाले चौधरीलाई लक्षित गर्दै भनेः पार्टीलाई चन्दा दिएकै भरमा सबैले नेता म…

संविधानको महत्त्वपूर्ण कुरा उल्टाउने प्रयास हुँदैछः अध्यक्ष प्रचाण्ड

नेकपा एसले रामकुमारी झाक्रीलाई सोध्यो स्पष्टीकरण

राप्रपाले रुपन्देही ३ को उपनिर्वाचनका लागि उम्मेदवारको सूची पठाउन दियो निर्दे…

प्रतिक्रिया