यी हुन् करोडौ लागतमा बन्दै गरेका नयाँ पर्यटकीय गन्तव्य (सूचीसहित)
काठमाडौँ : सरकारले विकास तथा निर्माण भइरहेका नयाँ पर्यटकीय गतन्व्यको सूची सार्वजनिक गरेको छ । पर्यटकीयको क्षेत्रको विकास, प्रचार प्रसार र पर्यटन गतिविधि बढाउनका लागि पूर्वाधार विकास गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले निर्माणाधीन पर्यटकीय गन्तव्यको सूची सार्वजनिक गरेको हो ।
सूचीमा विभिन्न प्रदेशका विभिन्न स्थानीय तहमा रहेका पर्यटकीय क्षेत्रको विकास तथा निर्माणको आर्थिक लागत, निर्माण गर्न लाग्ने समय र बजेट समेत उल्लेख छ । स्थानीय तहसँगको समन्वयमा लागत साझेदारीमा पर्यटन पूर्वाधार विकास कार्यक्रम अन्तर्गत दुई सय पर्यटकीय क्षेत्रको विकास, निर्माण तथा प्रचार प्रसार परियोजना सञ्चालन भएका नाम सूची सार्वजनिक गरिएको हो । यसअघि मन्त्रालयले पर्यटन विकासका लागि आफ्नो क्षेत्रको प्रस्ताव पठाउन आह्वान गरेको थियो ।
जसअनुसार ७ सय १३ वटा प्रस्ताव परेका थिए । तीमध्ये परियोजना सञ्चालनका लागि दुई सय पर्यटकीय गन्तव्यको नाम मन्त्रालयले सार्वजनिक गरेको हो ।

अप्रिलमा भित्रिए एक लाख १६ हजार विदेशी पर्यटक

पर्यटन प्रवर्द्धन गर्न आकर्षक पर्यटकीय ‘प्याकेज’ पस्कनुपर्छ : विज्ञहरु

नगरकोट भ्रमण वर्ष : दुई दिनमा एक लाख पर्यटक

वर्षान्त २०८१ः होटलमा लगानी ओइरिएको वर्ष

नगरकोट भ्रमण वर्ष तयारी पूरा

पर्यटकीय हब बन्दै मुस्ताङको मार्फा

मार्चमा एक लाख २१ हजार बढी विदेशी पर्यटक नेपाल आए, कुन देशबाट कति ?

प्रतिक्रिया