शनिबार २७ बैशाख, २०८२
Saturday, May 10, 2025

मानसिक रोगी को हो ?

काठमाडौँ : कोभिड १९ को महामारी बढ्ला भनेर सरकारले गत चैतमा देशभर लकडाउन जारी गर्‍यो । मानिसहरु घरभित्रै थुनिन बाध्य भए । सामाजिक रुपमा हुने भेटघाट सभा सम्मेलनहरू हुन छाडे । घरभित्रै गुम्सिँदा थुप्रै मानिसहरूको मानसिक स्वास्थ्यमा असर गर्‍यो । 

यही समयमा मनोविद् जगन्नाथ लामिछानेकी श्रीमतीलाई पनि एन्जाइटीको समस्या देखियो । जगन्नाथ आफै मानसिक स्वास्थ्य समस्याप्रति जानकार थिए । उनले श्रीमतीको समस्या सुल्झाउने कोशिस गरे । लकडाउन झनै लम्बिन थालेपछि उनका छिमेकी, साथीहरूमा पनि एन्जाइटी, डिप्रेसनलगायत समस्या देखिन थाल्यो । 
यही समयमा मनोविद् जगन्नाथले फेसबुकमा ‘के छ हालखबर ?’ कार्यक्रम चलाए । ‘त्यसबेला मानिसहरु त्रसित भए । सामाजिक रूपमा टाढा रहन बाध्य भए । तर  रुपमा समेत टाढा बस्न भए । थिए । मेरी श्रीमतीलाई पनि एन्जाइटी भयो । 

यो डरलाग्दो थियो,’ अमेरिकी राजदूतावासले शुक्रबार आयोजना गरेको ‘मेन्टल हेल्थ एक्टिभिजम इन नेपाल’ शीर्षकमा चलाएको भर्चुअल छलफल कार्यक्रममा बोल्दै उनले भने,‘त्यसपछि मैले नियमित रुपमा आफ्नो फेसबुक पेजमा कार्यक्रम चलाउन थालेँ । मानिसहरूलाई बोलाएर कुरा गर्न थालेँ, त्यसले मलाई, मेरो परिवार लगायत अन्यलाई पनि सघाउन थाल्यो ।’ 

उनका अनुसार मानसिक रोग भएका मानिसहरु १०० प्रतिशत मध्ये दुई प्रतिशत मात्रै पागल हुन्छन् । ९८ प्रतिशत मानिसहरु नर्मल देखिन्छन् । तर, थुप्रै मानिस मानसिक रोग भन्ने वित्तिकै तीनै दुई प्रतिशत जस्तै हुन् भन्ने सोच्छन् । यो धारणा फेर्नु नै फेर्नु चुनौतीपूर्ण रहेको उनले सुनाए । त्यसमाथि कोभिड १९ को महामारीका बेला झनै मानसिक रोगको जोखिम बढेको समेत उनले बताए । उनले भने, ‘हामीले मानसिक स्वास्थ्यको कुरा गरेनौँ भने यसले समाजमा झनै कालो चित्र बनाइदिन्छ । प्राकृतिक प्रकोप र महामारीले त झनै यसको जोखिम बढाइदिन्छ । त्यसैले हामीले यसबारे खुलेर कुरा गर्नुपर्छ ।’ 

मानसिक स्वास्थ्य समस्याले मानिसको जीवन र परिवारलाई नै असर गर्ने अमेरिकी राजदुत र्‍यान्डी बेरीले बताए । उनले भने,‘तर विश्वका धेरै ठाउँमा मानसिक स्वास्थ्य समस्यालाई शारीरिक स्वास्थ्य समस्या जस्तै ठान्छन् । धेरै मात्रामा वेवास्ता र नजरअन्दाज गरिदिन्छन् । अहिले नेपालमा सोसल मिडिया र मानसिक स्वास्थ्य समस्या सम्बन्धि वकालत हुनु जरुरी छ ।’ 

मिडियाकर्मी एवं काउन्सिलर निश्मा ढुंगाना चौधरीका अनुसार लकडाउनको समयमा लकडाउन सुरु भएको केही दिनमै मानिसहरुले मानसिक स्वास्थ्य समस्या महशुस गर्न थाले । तर नेपालमा पर्याप्त पूर्वाधार नहुँदा थुप्रै मानिसले आफुलाई के भइरहेको छ भन्ने समेत जान्न पाएनन् । उनले भनिन्,‘मेरो लागि काउन्सिलरलाई खोज्न सजिलो थियो किनकि मसँग कनेक्सनहरु थियो । तर जसलाई यसबारे आइडिया नै थिएन, उनीहरुलाई गाह्रो भयो । यो समयमा काउन्सिलरलाई रकम तिर्न पनि गाह्रो भयो ।’  

कोशिसका संस्थापक एवं कार्यकारी निर्देशक मात्रिका देवकोटाका अनुसार लकडाउनको समयमा मानसिक समस्या बढ्यो भन्दै राम्रा कामको थालनी समेत भएको छ । उनले भने, ‘यही समयमा अनलाइन सर्भिसेस, टोलफ्रि सर्भिसेस, सुसाइड प्रिभेन्सन हटलाइन समेत सञ्चालनमा आयो । साइको सोसल क्ल्सचर, प्रोटेक्सन क्लसचर एक्टिभेट भयो । यसले सकारात्मक पक्षलाई उजागर गर्‍यो ।’  

त्यस्तै यस्ता विषयमा संसदमा समेत कुरा उठ्यो र संसदले सरकारलाई निर्देशन दिने काम समेत गर्‍यो ।  कार्यक्रममा पत्रकार एवं र्‍याप गायक सुदीन पोखरेलले मानसिक स्वास्थ्य समस्याबारे बनाएको ‘मृत्यु’ शीर्षकको म्युजिक भिडियो पनि देखाइयो । ‘मैले राजनीतिक सटायरका गीत, मायाप्रेमका गीत, पार्टी गीतहरु बनाएको थिएँ, तर यो समाजको लागि के गरेँ त भन्ने भयो,’ उनले भने, ‘त्यसपछि मैले मेन्टल हेल्थसँग सम्बन्धित गीत बनाएँ ।’ 

डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै ठगी गर्ने सुजिता अधिकारी पक्राउ

डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै ठगी गर्ने सुजिता अधिकारी पक्राउ

सुत्नुअघि लगाउनु होस् यी पाँच चीज, बिहानै पाइनेछ छालामा चमक

सुत्नुअघि लगाउनु होस् यी पाँच चीज, बिहानै पाइनेछ छालामा चमक

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

जस्टिस समिट २०२५ सम्पन्न, जातीय विभेद अन्त्यका लागि प्रभावकारी कानुनी कार्यान्वयनमा जोड

जस्टिस समिट २०२५ सम्पन्न, जातीय विभेद अन्त्यका लागि प्रभावकारी कानुनी कार्यान्वय…

निरञ्जन अखाडाका स्वामी कैलाशानन्दद्वारा चन्द्रागिरि भालेश्वर महादेवको दर्शन

निरञ्जन अखाडाका स्वामी कैलाशानन्दद्वारा चन्द्रागिरि भालेश्वर महादेवको दर्शन

पाकिस्तानी दूतावास अगाडि प्रदर्शन : पहलगाम आतंककारी आक्रमणमा संलग्नलाई संरक्षण होइन कारबाही गर (फोटो फिचर)

पाकिस्तानी दूतावास अगाडि प्रदर्शन : पहलगाम आतंककारी आक्रमणमा संलग्नलाई संरक्षण…

भारतीय दूतावास अगाडि प्रदर्शन, 'शान्तिको कुनै विकल्प हुँदैन, युद्धमा कसैले पनि जित्दैनन्' (फोटो फिचर)

भारतीय दूतावास अगाडि प्रदर्शन, 'शान्तिको कुनै विकल्प हुँदैन, युद्धमा कसैले पन…

फेकनको सदस्यमा निराजन सिवाकोटीको उम्मेदवारी, भन्छन्- सेवा गर्ने अवसर दिनेमा ढुक्क छु

फेकनको सदस्यमा निराजन सिवाकोटीको उम्मेदवारी, भन्छन्- सेवा गर्ने अवसर दिनेमा ढ…