उपत्यकाका यात्रुवाहक सवारीमा भाडादर नटाँसे कारबाही

काठमाडौँ : काठमाडौं उपत्यकाभित्र चल्ने यात्रुवाहक सवारी साधनमा भाडादरको विवरण अनिवार्य टाँस्नु पर्ने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले भाडादर नटाँस्ने यात्रुवाहक सवारी साधनलाई कारबाही गर्न सुरु गरेको हो ।
यो अभियान शुक्रबारबाट शुरू गरिएको ट्राफिक महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले जानकारी दिए । ट्राफिक प्रहरीले शुक्रबारमात्रै उपत्यकाभित्र चल्ने ४ सय २९ यात्रुवाहक सवारीमा भाडादर टाँसिदिएको छ ।
सार्वजनिक सवारी साधनले नियम विपरित चर्को भाडा लिने गरेको गुनासो आएपछि यो नियम लागू गरिएको ट्राफिक महाशाखाका प्रमुख ढकालले जानकारी दिए । ‘यात्रुलाई भाडादरबारे सजिलै थाहा होस् र ठगिनबाट जोगिउन् भनेर यो नियममा कडाइ गरेका हौँ,’ उनले भने, ‘यात्रुले देख्नेगरी भाडादरको लिस्ट सवारीमा नराखेको पाइएमा नियमअनुसार कारबाही गरिनेछ ।’
यात्रुवाहक सवारीसाधनले तोकेभन्दा बढी भाडा लिने, आरक्षण सिट नराख्ने, राखे पनि कार्यान्वयन नगर्ने, क्षमताभन्दा बढी यात्रु राख्ने र ट्राफिक नियम उल्लंघन गर्ने गरेकाले उपत्यकामा ट्राफिक नियम थप कडा गरिएको गरिएको उनले बताए ।

विपन्न महिलाको उत्थानका निम्ति नवउद्यम कार्यक्रम

आज बागमती प्रदेशमा सार्बजनिक बिदा

आज कुन-कुन प्रदेशमा पानी पर्दैछ?

आज तपाइको भाग्य कस्तो छ? (हेर्नुहोस राशिफल)

मुग्लिनमा मापसे गरेका चालकले बस एकआपसमा ठोक्काए, प्रहरीले लियो नियन्त्रणमा

२५ वर्षमा बाल मृत्युदरमा ७८ प्रतिशतले कमी
_dFhR7ZzbOe_nzzcejongiwyxgvqjfrhtywapllf6fz2m166326sv2wepmifeccwdtjtbmik_Ki2nye6Q1n_y4xziyryzshgbkskneftipo7onsham6isxiod2rnvtd0rnl0zndnwcharidm.jpg)
‘मिसेस टुरिजम क्विन इन्टरनेशनल–२०२५’ मा नेपाललाई ऐतिहासिक सफलता, डा मल्लले …

प्रतिक्रिया