शुक्रबार ०२ जेठ, २०८२
Friday, May 16, 2025

पूर्वप्रधानमन्त्री खनालको उपचार दिल्लीमा हुँदै

काठमाडौँ  :  नेकपा दाहाल-नेपाल समूहका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको उपचार भारतको नयाँ दिल्लीस्थित अपोलो अस्पतालमा हुने भएको छ । नियमित स्वास्थ्य परीक्षण तथा उपचारका लागि भारत पुगेका खनाललाई अपोलो अस्पतालमा राखिएको भारतका लागि नेपाली राजदूत निलम्बर आचार्यले जानकारी दिए । दिल्लीस्थित दूतावासका प्रतिनिधिसहित अस्पतालमा पुगेर खनाललाई भेट गर्दै स्वास्थ्य अवस्था र उपचारबारे राजदूत आचार्यले जानकारी लिएका थिए । खनाल श्रीमतीसहित आजै दिल्ली गएका थिए ।  

पूर्व प्रधानमंत्री श्री झलनाथ खनाल स्वास्थ्य परीक्षण एवं उपचारका लागि दिल्लीको अपोलो अस्पतालमा। उहाँ आजै श्रीमती सहित दिल्ली आइपुग्नुभएको हो। उहाँको शीघ्र पूर्ण स्वास्थ्यलाभको हार्दिक शुभकामना।

Posted by Nilamber C. Acharya on Friday, February 12, 2021