'भागरथीको हत्यारालाई कारवाहीको दायरामा ल्याउन अपिल'

काठमाडौँ : राष्ट्रिय महिला आयोगले भागरथी भट्टको बलात्कार र हत्यामा संलग्न अपराधीलाई कारवाहीको दायरामा ल्याउन अपिल गरेको छ । शुक्रबार काठमडौंमा पत्रकार सम्मेलन गर्दै आयोगले घटनाको छानविनका लागि चालिएका कदम सराहनिय रहेको बताउँदै पीडित परिवारको सुरक्षा, संरक्षण र क्षतिपूर्तिका लागि सरकारसँग माग गरेको हो ।
आयोगले मानसिकरुपमा विक्षिप्त रहेकी पीडितकी आमाको सुरक्षा र संरक्षणमा विशेष ध्यान दिन आयेगले सरकारसँग अपिल गरेको छ । उक्त घटना अत्यन्त निन्दनीय, दुखद् भएको जनाउँदै घटनाको घोर भत्सर्ना गरेको आयोगकी प्रवक्ता शान्ता अधिकारीले बताइन् । पत्रकार सम्मेलनमा आयोगकी अध्यक्ष कमला पराजुलीले महिला हिंसा न्यूनिकरणमा आयोग दिर्घकालीन योजना बनाउन लागेको जानकारी दिइन् ।
बैतडी दोगडाकेदार ७ की भागरथी भट्टको गत माघ २१ गते बलात्कार पछि हत्या भएको थियो । स्कुल गएकी भट्ट माघ २१ गते दिउसोबाट हराएकी थिइन् । उनको सव भने २२ गते मृत अवस्थामा फेला परेको थियो । त्यसपछि २९ गते आएको पोष्टमार्टम रिपोर्टमा उनको बलात्कार पछि हत्या भएको पुष्टि भएको थियो । प्रहरीले उक्त घटनामा अनुसन्धान जारी रहेका जनाएको छ ।

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

जग्गा किर्तेमा संलग्न समाजवादीबाट निर्वाचित वडाध्यक्ष पक्राउ

पत्रकार महिलाहरूको अक्षयकोषमा ५१ लाख सङ्कलन

बाघको आक्रमणबाट एक जनाको मृत्यु

पूर्व राजाका संवाद सचिव फणिराज पाठक छुटे

नक्कली पेस्तोल देखाएर मुख थुन्दै लुट्ने चार जना युवा पक्राउ

राजश्व परामर्श समितिको बैठक सम्पन्न, २५ अर्बको बजेट सिमा

प्रतिक्रिया