कुरिनटारमा प्रहरी चौकी

काठमाडौँ : चितवनको इच्छाकामना गाउँपालिका–४ कुरिनटारमा प्रहरी चौकी स्थापना गरिएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयअनुसार कुरिनटारमा प्रहरी चौकी स्थापना गरिएको हो । गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङ र जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नान्तिराज गुरुङले आज प्रहरी चौकी उद्घाटन गरे ।
प्रहरी चौकीको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले स्थानीय सरकारले सबै नागरिकलाई शान्ति सुरक्षाका साथ बाँच्न पाउने अधिकारलाई आत्मसाथ गर्दै हरेक वडामा प्रहरी चौकी स्थापना गर्ने उद्देश्यअनुसार वडा नं ४ कुरिनटारमा प्रहरी चौकी स्थापना गरिएको बताए । गाउँपालिकाको केन्द्रसमेत रहेको कुरिनटारमा उद्योग होटल भएको र राजधानी भित्रिने मुख्यराजमार्ग पर्ने भएकाले यहाँ तत्काल आवस्यक रहेको अवस्थामा सफल भएको बताए ।
प्रहरीचौकी स्थापनाका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको भन्दै उनले जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक एसपी नान्तिराज गुरुङलाई धन्यावाद दिइन् । साथै अध्यक्ष गुरुङले तत्काल जग्गा उपलब्ध भएर भवन निर्माण नभएसम्म प्रहरी चौकीको घरभाडा गाउँपालिकाले उपलब्ध गराउने पनि बताइन् । प्रहरी उपरीक्षक नान्तिराज गुरुङले समाजमा हुने अपराध नियन्त्रण गर्न प्रहरी एक्लैले नसक्ने बताए । रासस

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

जग्गा किर्तेमा संलग्न समाजवादीबाट निर्वाचित वडाध्यक्ष पक्राउ

पत्रकार महिलाहरूको अक्षयकोषमा ५१ लाख सङ्कलन

बाघको आक्रमणबाट एक जनाको मृत्यु

पूर्व राजाका संवाद सचिव फणिराज पाठक छुटे

नक्कली पेस्तोल देखाएर मुख थुन्दै लुट्ने चार जना युवा पक्राउ

राजश्व परामर्श समितिको बैठक सम्पन्न, २५ अर्बको बजेट सिमा

प्रतिक्रिया