शनिबार २७ बैशाख, २०८२
Saturday, May 10, 2025

नागरिकताको अधिकार स्थानीय सरकारलाई दिन माग

काठमाडौँ  : नेपाली नागरिकले सहजरूपमा नागरिकता नपाउने समस्या समाधानका लागि स्थानीय सरकारलाई नै नागरिकता दिने गरी अधिकार दिनुपर्नेमा एक कार्यक्रमका सहभागीले जाेड दिएका छन् । महिला, कानुन र विकास मञ्चले आज आयोजना गरेको सन् २०२० मा गरेका वार्षिक कामको सामाजिक परीक्षणका अवसरमा काठमाडौँ महानगरपालिका–११ का अध्यक्ष हीरालाल तण्डुकारले वडाले सबै बुझेर गर्ने सिफारिसका आधारमा प्रशासनले नागरिकता नदिने गरिएकाले समस्या समाधान हुन नसकेको बताए ।

नागरिकता समस्या समाधान गर्ने हो भने वडा कार्यालयलाई नै क्षमता विकास गरेर नागरिकता दिन सक्नेगरी सक्षम बनाएर अधिकार दिनुपर्ने उनको भनाइ थियो । कार्यक्रममा महानगरपालिकाका सामाजिक विकास विभाग प्रमुख दीपक अधिकारीले लैङ्गिक हिंसामा संवेदनशील भएर काम गर्ने अवस्था आएको बताए । स्थानीय तहका न्यायिक समितिलाई सक्षम बनाउन मञ्चजस्ता संस्थाले काम गर्नुपर्ने उनको सुझाव थियो ।

राष्ट्रिय महिला आयोगकी उपसचिव लक्ष्मी पराजुलीले सामाजिक परीक्षण संस्थाको पारदर्शिताको प्रक्रिया भएकाले यसलाई सबै सरकारी एवं गैह्रसरकारी संस्थाले निरन्तरता दिनुपर्ने बताए । आयोगले देवानी र फौजदारी संहितामा महिला अधिकारका विषयमा अध्ययन गरिरहेको जानकारी दिए । 

बलात्कारका घटना बढ्न थालेपछि आयोगले चालु आर्थिक वर्षमा यससम्बन्धी कार्यक्रम नै राखेको जनाएको छ । बलात्कारका घटनाविरुद्ध सबै एकजुट भएर आवाज उठाउनुपर्नेमा उपसचिव पराजुलीले जोड दिए । रासस
 

डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै ठगी गर्ने सुजिता अधिकारी पक्राउ

डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै ठगी गर्ने सुजिता अधिकारी पक्राउ

सुत्नुअघि लगाउनु होस् यी पाँच चीज, बिहानै पाइनेछ छालामा चमक

सुत्नुअघि लगाउनु होस् यी पाँच चीज, बिहानै पाइनेछ छालामा चमक

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

जस्टिस समिट २०२५ सम्पन्न, जातीय विभेद अन्त्यका लागि प्रभावकारी कानुनी कार्यान्वयनमा जोड

जस्टिस समिट २०२५ सम्पन्न, जातीय विभेद अन्त्यका लागि प्रभावकारी कानुनी कार्यान्वय…

निरञ्जन अखाडाका स्वामी कैलाशानन्दद्वारा चन्द्रागिरि भालेश्वर महादेवको दर्शन

निरञ्जन अखाडाका स्वामी कैलाशानन्दद्वारा चन्द्रागिरि भालेश्वर महादेवको दर्शन

पाकिस्तानी दूतावास अगाडि प्रदर्शन : पहलगाम आतंककारी आक्रमणमा संलग्नलाई संरक्षण होइन कारबाही गर (फोटो फिचर)

पाकिस्तानी दूतावास अगाडि प्रदर्शन : पहलगाम आतंककारी आक्रमणमा संलग्नलाई संरक्षण…

भारतीय दूतावास अगाडि प्रदर्शन, 'शान्तिको कुनै विकल्प हुँदैन, युद्धमा कसैले पनि जित्दैनन्' (फोटो फिचर)

भारतीय दूतावास अगाडि प्रदर्शन, 'शान्तिको कुनै विकल्प हुँदैन, युद्धमा कसैले पन…

फेकनको सदस्यमा निराजन सिवाकोटीको उम्मेदवारी, भन्छन्- सेवा गर्ने अवसर दिनेमा ढुक्क छु

फेकनको सदस्यमा निराजन सिवाकोटीको उम्मेदवारी, भन्छन्- सेवा गर्ने अवसर दिनेमा ढ…