भागरथी हत्या प्रकरणको अनुसन्धान तीव्र बनाऊ, दोषीलाई पक्राउ गर : कांग्रेस

काठमाडौँ : नेपाली कांग्रेसले बैतडीको दोगडाकेदारकी किशोरी भागरथी भट्टको बलत्कारपछि हत्या गरेको घटनाको अनुसन्धान तिव्र रुपमा अघि बढाउन माग गरेको छ । कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ती जारी गर्दै अनुसन्धान तिव्र बनाएर दोषीलाई अविलम्ब पक्राउ गर्न माग गरेका हुन् । घटना भएको दुई हप्ता भइसक्दासमेत दोषीलाई पक्राउ गर्न नसक्नुलाई कांग्रेसले गम्भीर रुपमा लिएको विज्ञप्तीमा उल्लेख छ ।
‘शान्ति स्थापना र संविधान निर्माण पश्चात देशमा अमन चयन स्थापना हुनेछ र नागरिकको जीवन सुरक्षित बन्नेछ भन्ने विश्वास वितेका बर्षहरुमा कारुणिक ढंगले खण्डित हुँदै आएको छ,’ विज्ञप्तीमा भनिएको छ, ‘अनेक प्रकृतिको हिंसासँगै बलात्कार र बलात्कारपछि हत्याको जघन्य अपराध केही वर्ष यता डरलाग्दो ढंगले बढ्नु गम्भीर चिन्ताको बिषय बनेको छ ।’
निर्मला पन्त प्रकरणका दोषी अझै खुला रुपमा घुमिरहेको भन्दै शर्माले भागरथी र अरु धेरैका अपराधी कानुनको कठघरामा उभिन नसकेको शर्माले भनेका छन् ।
‘निर्मला पन्त प्रकरणका दोषी अझै कहिँ खुला घुमिरहेका छन् भने भागरथी र अरु धेरै छोरीको अपराधमा संलग्नहरु कानुनको कठघराभन्दा बाहिरै छन् । महिला उपर हिंसा र बलात्कार अनि हत्याका जघन्य अपराध बढेर जाँदा राज्यले विशेष नीति अख्तियार गर्न र प्रशासन संयन्त्रलाई थप तदारुक बनाउन सरकार समक्ष माग गर्दै नेपाली काँग्रेस यस्ता घटनाविरुद्ध सिंगो समाजको सजगताका लागि अपिल गर्दछ’ विज्ञप्तीमा भनिएको छ।

उपेन्द्र यादवले भने, ‘भुमी सबन्धी बिधेयकको बिरोध रहन्छ'

निजामती सेवामा प्रवेश गर्ने उमेर पुरुषको ३५ र महिलाको ३९ वर्ष

जलवायु परिवर्तन अब सुदूरको खतरा रहेन : प्रधानमन्त्री ओली

हिमालदेखि महासागरसम्मको सोच जरुरी : प्रधानमन्त्री ओली

पहिलो पटक राष्ट्रपतिबाट हजयात्रीको बिदाई

कांग्रेस संसदीय दलको बैठक शनिबार

आतङ्कवादी आक्रमणमा परेका नेपालीका परिवारलाई सधैँ सहयोग गर्छौं : इजरायली राज…

प्रतिक्रिया