शुक्रबार ०२ जेठ, २०८२
Friday, May 16, 2025

निर्वाचन आयोगले ओली अध्यक्ष रहेको पार्टीलाई नै मान्यता दिने थापाको दाबी

फाइल तस्‍वीर

काठमाडौँ : नेकपा केन्द्रीय सदस्य कर्णबहादुर थापाले निर्वाचन आयोगले केपी शर्मा ओली अध्यक्ष रहेको पार्टीलाई नै मान्यता दिने दाबी गरेका छन् । काठमाडौँमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै आयोगले कानुनअनुसार ओली अध्यक्ष रहेको पार्टीलाई नै मान्यता दिने दाबी गरे । आयोगको निर्णय आएपछि दाहाल-नेपाल समूहले बितण्डा मच्चाउने उनले बताए ।

उनले दाहाल-नेपाल कि त पार्टीमा फर्कनुपर्ने या अर्को पार्टी खोल्नुपर्ने अवस्थामा पुग्‍ने दाबी गरे । सर्वोच्च अदालत र निर्वाचन आयोगलाई कसैले धम्क्याउने या दबाब दिन नमिल्ने उनको भनाइ छ । बैतडीमा भागिरथी भट्टको बलात्कारपछिको हत्याको भत्र्सना गर्दै दोषीलाई तत्काल पत्ता लगाई कानुन बमोजिम कारबाही गर्नुपर्ने उनले बताए। उनले राष्ट्रपति विद्यादेवी भण्डारीको अपमान गर्ने गरी गालीगलौज गरेपछि राम कुमारी झाँक्रीलाई गिरफ्तार गरिएको तर्क गरे ।