शुक्रबार ०२ जेठ, २०८२
Friday, May 16, 2025

कम्युनिष्ट र कांग्रेसको व्यवहार देखेर जनता वाक्कदिक्क भइसके

फाइल तस्बिर

काठमाडौँ  : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले कम्युनिष्ट र कांग्रेसको व्यवहारले नेपाली जनता वाक्कदिक्क भएको बताएका छन् । शुक्रबार हेटौँडामा आयोजित भेलालाई सम्बोधन गर्दै थापाले देशमा धार्मिक द्वन्द्व बढेर जानसक्ने पनि बताए । थापाले लोकतन्त्रको आवरणमा देशमा लुटतन्त्र चलिरहेको बताए । 
उनले नेपालमा निर्वाचन प्रणाली खर्चिलो भएकोले निष्ठा र इमान्दारीताको राजनीति पनि संकटमा रहेको बताए । कम्युनिष्ट र कांग्रेसकै कारण २०६२÷०६३ पछिको परिवर्तन संस्थागत हुन नसकेको पनि उनले बताए ।