तीन वर्षभित्र क्यानडाले १२ लाख आप्रवासी भित्र्याउँदै

काठमाडौं : क्यानडाले आगामी तीन वर्षमा १२ लाख आप्रवासी भित्र्याउने योजना सार्वजनिक गरेको छ । कोभिड-१९ को महामारीले शिथिल भएको अर्थतन्त्र उकास्न भन्दै क्यानडाले त्यस्तो निर्णय लिएको क्यानडेली संचार माध्यमहरूले उल्लेख गरेका छन् ।
आउँदो तीन वर्षमा १२ लाख आप्रवासी भित्र्याउने योजना क्यानडाका संघीय आप्रवासन मन्त्री मार्को मेन्डिसिनोले सार्वजनिक गरेका हुन् । कोरोनाले शिथिल बनाएको अर्थतन्त्र उकास्नमा आप्रवासीले ठूलो टेवा पुर्याउँने भन्दै उनले यस्तो योजना सार्वजनिक गरेको जनाएका छन् ।
अर्थतन्त्र उकास्न आवश्यक पर्ने ठूलो जनशक्ति आप्रवासनद्वारा परिपूर्ति गरिने योजनामा उल्लेख छ । आउँदो वर्ष चार लाख एक हजार, २०२२ मा चार लाख ११ हजार र २०२३ मा चार लाख २१ हजार आप्रवासीलाई स्थयी आप्रवासन अनुमति (पीआर) दिइने गरी तयारी थालिएको मन्त्री मेन्डिसिनोले बताए ।

अग्रज र सहिदका सङ्कल्प पूरा गर्न दृढताका साथ लाग्नुपर्छः प्रधानमन्त्री ओली

बालबालिकालाई संस्कारसहितको शिक्षा दिनुपर्छ : मुख्यमन्त्री कँडेल

देश समृद्ध बनाउन जोखिम मोलेरै काम गर्नुपर्छ : महासचिव पोखरेल

राजनीतिप्रति युवाहरूको वितृष्णा बढ्यो, आकर्षणमा बदल्नु मुख्य चुनौती : शेखर को…

‘मूलधारका मिडियालाई न्यू मिडियाले चुनौती खडा गरेको छ’

पार्टी फुटाउने नेतालाई अहिले पश्चाताप भइरहेको छ : महासचिव पोखरेल

आगामी निर्वाचन कांग्रेसको बहुमत आउन सक्छः सभापति देउवा

प्रतिक्रिया