संसदलाई सक्रिय बनाउन सकिन्छ : देव गुरुङ

बुटवल : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका स्थायी समिति सदस्य देव गुरुङले निष्कृय संसदलाई सक्रिय बनाउन सकिने दाबी गरेका छन् । बुटवलमा रिपोर्टस क्लबले गरेको कार्यक्रममा बोल्दै गुरुङ्गले न्यायालयको प्रक्रियाबाट र राजनीतिक दलको आपसी सहमतिबाट विघटित प्रतिनिधिसभालाई सक्रिय बनाउन सकिने दाबी गरे ।
गरुङ्गले २०५९ मा राजा ज्ञानेन्द्रद्वारा विघटित संसद राजनीतिक सहमतिमा २०६३ मा सक्रिय बनाईएको उदाहरण समेत दिए । उनले संविधान विपरित प्रधानमन्त्री र राष्ट्रपतिले विघटन गरेको प्रतिनिधिसभा सक्रिय र पुर्नस्थापना हुन सक्ने दावी गरे । प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्रीले राष्ट्रघात र जनघात गरेको आरोप लगाउंदै उने भने–सबै देशभक्त राजनीतिक दल, नागरिक समाज, मिडिया एक ठाउंमा उभिनुको विकल्प छैन ।प्रतिनिधि सभा विघटन गरेर प्रधानमन्त्रीले लामो सङघर्षबाट स्थापित लोकतान्त्रिक, गणतान्त्रिक प्रणालीलाई उल्टाएर आफु सर्वशक्तिमान हुन खोजेको आरोप उनको छ ।
प्रतिनिधि सभा विघटनसंगै नेपाललाई क्रिडास्थल बनाउ बिदेशी शक्तिकेन्द्रहरु आर्कषित भएको बताए । उनले बैशाकमा चुनाव हुन नसक्ने दावी गर्दै प्रधानमन्त्रीले घोषणा गरेको चुनाव संविधान विपरित भएकाले असंवैधानिक रुपमा नेपालमा चुनाव नहुने ठोकुवा गरे । फरक प्रशंगमा उनले भने –लोकतान्त्रिक व्यवस्थामा बोल्न पाउने अधिकार सबैलाई भएको उल्लेख गर्दै बोलेकै भरमा पार्टीका नेता, कार्यकर्तालाई गिरफ्तार गर्ने, पक्राउ गर्ने, झुट्टामुद्वा लगाएर तर्साउन खोज्नु सरकारको फासीबादी र तानाशाही चिन्तन हो ।

उपेन्द्र यादवले भने, ‘भुमी सबन्धी बिधेयकको बिरोध रहन्छ'

निजामती सेवामा प्रवेश गर्ने उमेर पुरुषको ३५ र महिलाको ३९ वर्ष

जलवायु परिवर्तन अब सुदूरको खतरा रहेन : प्रधानमन्त्री ओली

हिमालदेखि महासागरसम्मको सोच जरुरी : प्रधानमन्त्री ओली

पहिलो पटक राष्ट्रपतिबाट हजयात्रीको बिदाई

कांग्रेस संसदीय दलको बैठक शनिबार

आतङ्कवादी आक्रमणमा परेका नेपालीका परिवारलाई सधैँ सहयोग गर्छौं : इजरायली राज…

प्रतिक्रिया