अस्ट्रेलियन ओपनः विलियम्स र मुगुरुजाको स्वभाविक जित

काठमाडौँ : अस्ट्रेलियन ओपनमा सेरेना विलिम्यम्सले जितलाई निरन्तरता दिएकी छिन् । तेस्रो चरणको खेलमा विजय हासिल गर्दा टेनिस स्टार विलियम्सले १९ वर्षिय रुसी खेलाडी एनसटासियालाई पराजित गरिन । शुक्रबार अंग्रेजी वर्षको पहिलो ग्रान्डस्लामको चौथौँ चरणमा स्थान सुरक्षित गर्ने क्रममा विलियम्सले एनसटासिया माथि ७- ६, ६- २ को जित दर्ता गरिन् । युवा खेलाडी एनसटासियाले पहिलो सेटमा निरन्तर गल्ती गर्दा विलियम्सले विजय प्राप्त गरिन् ।
‘सुरुवात राम्रो नभए पनि खेलमा सुधार गर्दै गए । प्रतियोगितामा प्रत्येक राउण्डमा बलियो हुँदै जानुपर्छ । यो खेलको सामान्य नियम हो । अनि महत्वपूर्ण पनि,’ खेलपछि विलियम्सले भनिन् । २४ औँ ग्रान्डस्लाम जित्दै कीर्तिमान रच्ने धेयमा रहेकी विलियम्सले क्वाटरफाइनल प्रवेशका लागि बेलारुसकी एरिना सावालेन्काको समाना गर्नेछिन् । चौथौँ चरणमा स्थान पक्का गर्न सावालेन्काले अमेरिकी खेलाडी एन लीलाई ६- ३, ६- १ पराजित गरिन् । पछिल्ला १९ खेलमध्ये १८ मा जित हासिल गरेकी सावालेन्काले यसअघि विलियम्सको सामना गरेकी छैनन् ।
‘हामी सबै यस प्रतियोतिामा जितको लक्ष्यका साथ नै आएका छौँ । त्यसकारण विपक्षी जती बलियो भए पनि कोर्टमा उत्रदा जित्नकै लागि खेल्ने हो । विलियम्सको सामना गर्नपाउनु चानचुने कुरा होइन । म त्यसका लागि तयार छु । अनि उत्साहित पनि,’ सावालेन्काले भनिन् ।
शुक्रबारै भएको अर्को खेलमा जित दर्ता गर्दै गारविन मुगुरुजाले पनि चौथौँ चरणको यात्रा तय गरिन् । गत वर्षकी उप- विजेता मुगुरुजाले कजाकिस्तानकी जरिना डियासलाई ६- १, ६- १ ले पराजित गरिन् । अन्तिम आठमा स्थान बनाउन मुगुरुजा २०१९ संस्करणकी विजेता नाओमी ओसाकासँग भिड्नेछिन् ।

एन्फा साधारणसभामा गणेश थापामाथि रोक लगाएपछि प्ले कार्ड बाेकेर प्रदर्शन (भिडिय…

गणेश थापाका छोरा भन्छन्- अदालतको आदेश देखाउँदा पनि बुवालाई प्रवेश गर्न दिएनन्

भारतसँगको युद्ध तनाव, पाकिस्तानी लिगका बाँकी खेल अब युएईमा हुने

नेपाली महिला क्रिकेटले आज हङकङबिरूद्ध खेल खेल्दै

कात्तिके फुटबल क्लब इन्द्रेणी पोखरीले जित्यो ‘खोटेहाङ फुटबल कप–२०८२’ को उपाधि

पिएसजी युइएफए च्याम्पियन्स लिगको फाइनलमा

साउदी लिगमा अल नासर पराजित

प्रतिक्रिया