अफगान सेनाको कारबाहीमा १५ लडाकू मारिए

काबुल : अफगान सेनाले कान्दाहार प्रान्तमा गरेको सुरक्षा कारबाहीमा तालिबान समूहका कम्तीमा १५ जना लडाकू मारिएका छन् । अफगान हवाईबलको सहयोगमा भएको यस कारबाहीको क्रममा अन्य सात जना घाइते भएका जनाइएको छ ।
सेनाद्वारा शुक्रबार जारी विज्ञप्तिमा तालिबान लडाकू लुकेर बसेको भन्ने सूचनाका आधारमा सो कारबाही गरिएको उल्लेख छ । सेनाले कारबाही मुख्यतः कान्दाहार प्रान्तको आर्घादाब जिल्लामा केन्द्रित भएको जनाएको छ । तालिबान समूहले भने उक्त कारबाहीका बारेमा केही बताएका छैनन् । रासस

'कम्बोडियामा क्यान्सरबाट हरेक दिन ३८ जनाको मृत्यु'

एक महिनामा दुई लाख ५० हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता

गाजामा भएको इजरायली हमलामा १९ जनाको मृत्यु

विदेशमा निर्माण हुने सबै चलचित्रमाथि सतप्रतिशत कर लगाउन ट्रम्पको आदेश

नुनकाे ढिकाेका कारण पाकिस्तानसँग झुक्नु पर्ने हुन्छ भारतले

अष्ट्रेलियामा बिपक्षी नेताले नै हारे चुनाव, २० बर्ष पछि लेवर पार्टी बहुमतमा

अमेरिकाद्वारा युक्रेनलाई तीन अर्ब १० करोड बराबरको सैन्य सहयोग घोषणा

प्रतिक्रिया