सलमान–कट्रिनाको ‘टाइगर’मा इमरान भिलेन

मुम्बई : केही समय यता सलमान खान र कट्रिना कैफ अभिनित ‘एक था टाइगर’को तेस्रो भाग सुटिङका लागि तयार रहेको समाचार सार्वजनिक भएका थिए । सार्वजनिक समाचार अनुसार फिल्मको तेस्रो भागमा निर्देशक फेरिए पनि मुख्य कलाकार भने यथावत रहने जनाइएको थियो ।
फिल्मको पहिलो भाग कबिर खानले निर्देशन गरेक थिएभने दोस्रो भाग अलि अब्बास जफरले निर्देशन गरेका थिए । फिल्मको तेस्रो भाग भने मनिष शर्माले निर्देशन गर्न लागेका छन् । यसमा सलमान र कट्रिना यथावत रहे पनि फिल्मको भिलेनको भने टुंगो लागेको थिएन ।
तर, निर्माता यशराज फिल्मले फिल्मको भिलेनका लागि इमरान हासमीलाई फाइनल गरेको समाचार छ । फिल्मको सुटिङ भने मार्चको तेस्रो हप्ताबाट सुरु हुनेछ । स्रोतका अनुसार सलमानले यशराजकै फिल्म ‘पठान’मा सानो भूमिका गरिरहेका छन् । त्यसको सुटिङ सकिने बित्तिकै उनले ‘टाइगर ३’को सुटिङ सुरु गर्नेछन् ।
महेश भट्टको फिल्मबाट किसर हिरोको पहिचान बनाएका इमरान हासमीले पछि भने गम्भीर अभिनेताको रुपमा विश्वसनियता कमाएका थिए । तर, पछिल्लो समय इमरान मसला फिल्ममा देखिएका छैनन् । उनको अभिनय रहेको पछिल्लो फिल्म ‘हरामी’ बुसानमा प्रिमियर भएको थियो ।

श्रद्दा कपुर बनिन बलिउडकै सबैभन्दा महंगो महिला कलाकार

लेडी गागा कन्सर्टमा २० लाख बढी सहभागी, ७५ मिलियनकाे काराेबार

‘ऊनको स्वीटर’ वर्षौंसम्म सम्झिने चलचित्र बनेको छ : अभिनेता विपिन कार्की

टिमलाई सम्मान र सांस्कृतिक कार्यक्रमसहित 'अञ्जिला'ले साट्यो सफलता, बायोपिकमा क…

नेपाल वाङमय परिषदद्वारा विभिन्न स्रष्टा सम्मानित

शाहरूख बने संसारकै चौथों धनी सेलिब्रेटी

अश्लिलता बढाएपछि ‘उल्लु एप’का सिइयो र होस्टमाथि कारबाही सुरू

प्रतिक्रिया