झलनाथ खनाल दिल्ली प्रस्थान

काठमाडौँ : स्वास्थ्य जाँच गर्न नेकपा (दाहाल-नेपाल) समूहका वरिष्ठ नेता झलनाथ खनाल दिल्ली प्रस्थान गरेका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता खनाल शुक्रबार बिहान एयर इण्डियाको जहाजमार्फत दिल्ली प्रस्थान गरेका हुन् ।
नेकपा दाहाल-नेपाल समूहका विदेश विभाग उपप्रमुख विष्णु रिजालकाअनुसार उनी नियमित स्वास्थ्य जाँचका लागि दिल्ली गएका हुन् । दिल्लीमा कुनै राजनीतिक भेटवार्ताको कार्यक्रम भने नरहेको रिजालले बताए ।
‘उहाँ नितान्त व्यक्तिगत र आफ्नो स्वास्थ्य जाँचका लागि दिल्ली जानु भएको हो’ नेता रिजालले भने, ‘दिल्ली बसाईका क्रममा कुनै राजनीतिक भेटवार्ताको कार्यक्रम छैन ।’ दिल्लीको अपोलो अस्पतालमा खनालको स्वास्थ्य जाँच हुनेछ । खनाल पछिल्ला केही वर्ष यता नियमित स्वास्थ्य जाँचका लागि दिल्ली जाने गरेका छन् ।

विधान महाधिवेशनमा केन्द्रित हुन महासचिव पोखरेलको निर्देशन

कांग्रेस बैठकमा समसामयिक विषयमा छलफल जारी

रास्वपाको सचिवालय बैठकले गर्यो यस्तो निर्णयहरु

कोइरालाले चौधरीलाई लक्षित गर्दै भनेः पार्टीलाई चन्दा दिएकै भरमा सबैले नेता म…

संविधानको महत्त्वपूर्ण कुरा उल्टाउने प्रयास हुँदैछः अध्यक्ष प्रचाण्ड

नेकपा एसले रामकुमारी झाक्रीलाई सोध्यो स्पष्टीकरण

राप्रपाले रुपन्देही ३ को उपनिर्वाचनका लागि उम्मेदवारको सूची पठाउन दियो निर्दे…

प्रतिक्रिया