कोभिड-१९ का कारण पाकिस्तानका ११ अदालत बन्द

काठमाडौं : न्यायाधिश तथा कर्मचारीहरू कोरोनाभाइरसबाट सङ्क्रमित भएपछि पाकिस्तानका ११ अदालतमा शिलबन्दी गरिएको छ । पाकिस्तानको दैनिक विवरण सार्वजनिक गर्दै आएका इस्लामावाद बार एसोसिएसनका सचिव नबिल तिहिर मिर्जाले पुष्टि गरेका हुन् ।
देशभर रहेका ७० अदालतहरु मध्ये ११ अदालतमा कुनै पनि काम कारबाही नहुने गरी बन्द गरिएको उनले जानकारी दिए । ती अदालतहरु जिल्ला तथा शुरू तहका अदालतहरू पनि रहेका छन् । बन्द गरिएका ११ अदालतका १२ जना न्यायाधिश र कर्मचारीहरूमा कोरोनाभाइरसको सङ्क्रमण देखिएको उनले बताए ।
बारका सचिव मिर्जाले सङ्क्रमित भएकाहरूको उपचार भइरहेको पनि सञ्चार माध्यमहरुलाई जानकारी दिए । पाकिस्तानमा शुक्रबारसम्म कोरोना भाइरसबाट कुल सङ्क्रमितहरुको संख्या तीन लाख ३२ हजार १ सय ८६ रहेको छ । त्यसैगरी पाकिस्तानमा शुक्रबारसम्ममा छ हजार सात सय ९५ जनाको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । (रासस)

इरानको सुरक्षा व्यवस्थामा नयाँ सुधारः ‘रक्षा परिषद्’ गठन हुने सम्भावना

गाजावासीलाई नगद सहायता दिइए पनि बजारमा खाद्यान्न अभाव : संयुक्त राष्ट्रसंघ

जापानको बेरोजगारी दर २.५ प्रतिशतमै स्थिर

नाइजेरियामा जिहादी आक्रमण : १५ किसान र बालबालिकाको हत्या

गाजामा मानवीय संकट चरममा : संयुक्त राष्ट्रसंघ

इरानसँग सबन्ध राखेको भन्दै ट्रम्पले लगाए ६ भारतीय कम्पनीमाथि प्रतिबन्ध

प्रतिक्रिया