चीनमा बिबिसी बन्द

काठमाडौँ : चीनमा अब बिबिसी प्रसारण नहुने भएको छ । बिबिसीको बिबिसी वर्ल्ड न्युजको प्रसारणलाई चीनले बन्द गर्ने घोषणा गरेपछि अब चीनमा बिबिसी सुन्न नपाइने भएको हो ।
चीनको राष्ट्रिय रेडियो तथा टेलिभिजन प्रशासनले शुक्रबार विज्ञप्ति जारी गर्दै बिबिसी वर्ल्ड न्युजले समाचार प्रसारणमा बन्देज लगाएको जनाएको हो । यो निर्णयका पछाडी बिबिसीले प्रसारण गरेका सामग्री एकपक्षीय र चीनमैत्री नभएका दाबी गरिएको छ ।
चीनको राष्ट्रिय स्वार्थ र जातीय एकतामा खलल पुर्याउने सामग्री बिबिसीले प्रसारण गरेको आरोप पनि चीनको छ । हालै मात्र बिबिसीले चीनको पश्चिमी सिन्जियाङ प्रान्तमा चिनियाँ व्यवस्थाका कारण नागरिकमाथि बलात्कार, यौन र श्रम शोषण भइरहेको समाचार साम्रगी प्रसारण गरेको थियो । जसको चीनमा आलोचना भएको थियो ।
आफ्नो राष्ट्रियतामाथि खलल पुर्याएको आरोपमा चीनले बिबिसीको प्रसारण बन्द गरेको दाबी गरेपनि बेलायतसँगको उसको सम्बन्ध बिग्रदो रहेका कारण यो कदम चालिएको अनुमान गरिएको छ । बिबिसीले भने चीनमा आफ्नो प्रसारण बन्द गरिनु दुःखद भएपनि बिना डर, धम्की निष्पक्षपूर्ण समाचार सामग्री पस्किने बताएको छ ।

नुनकाे ढिकाेका कारण पाकिस्तानसँग झुक्नु पर्ने हुन्छ भारतले

अष्ट्रेलियामा बिपक्षी नेताले नै हारे चुनाव, २० बर्ष पछि लेवर पार्टी बहुमतमा

अमेरिकाद्वारा युक्रेनलाई तीन अर्ब १० करोड बराबरको सैन्य सहयोग घोषणा

गाजामा इजरायली आक्रमण : तीन शिशुसहित ११ जनाको मृत्यु

दक्षिण कोरियाको कन्जरभेटिभ पार्टीद्वारा राष्ट्रपति पदका लागि उम्मेदवार घोषणा

भारतको गोवामा मन्दिरमा भागदौड मच्चिँदा छ जनाको मृत्यु, ५० जनाभन्दा बढी घाइते

क्यानडाको चुनावमा २२ पञ्जावी विजयी, संघीय संसदमा ६ प्रतिशत प्रतिनिधित्व

प्रतिक्रिया