मौका र चुनौतीबीच न्यौपाने र आर्मी टिम

काठमाडौँ : पूर्णरुपमा व्यवसायिक बन्न नसकेको नेपाली फुटलबमा प्राय क्लबहरूले प्रशिक्षक परिवर्तन गरिरहन्छन् । खेलाडी पनि केही महिनाका लागि मात्रै अनुबन्ध गरिन्छ । तर विभागिय टोलीहरू भने यो मामलामा अपवाद हुन् । त्यसमा पनि नेपाली सेनाको त्रिभुवन आर्मी फुटबल क्लब अझ व्यवस्थित देखिन्छ ।
अभ्यासका लागि पूर्वाधार, बलियो टिम, निरन्तर एकै प्रशिक्षक आदि आर्मी टिमको परिचय हुन् । आर्मीका मुख्य प्रशिक्षक नविन न्यौपाने पछिल्लो पाँच वर्षदेखि क्लबसँग आवद्ध छन् । नेपाली फुटबलमा प्रशिक्षक यति लामो समयसम्म एकै क्लबमा बिरलै रहन्छन् ।
मनाङ मर्स्याङ्दी, एनआरटी जस्ता ठूला क्लबबाट लामो समय घरेलु फुटबलमा जमेका न्यौपाने प्रशिक्षण करियरमा पनि प्रभावशाली देखिएका छन् । आर्मीलाई गत सिजन शहिद स्मारक ए डिभिजन लिगको उपविजेता बनाएका न्यौपाने अहिले फरक चुनौतिको अगाडि उभिएका छन् ।
एएफसी क्लब लाइसेन्समा सफल भएपछि आर्मी पहिलो पटक एएफसी कपको छनौटमा भाग लिँदैछ । यसअघि एएफसी प्रेसिडेन्ट कपमा प्रशिक्षकका रुपमा मनाङको नेतृत्व गरेका न्यौपाने पनि एसियाली क्लब एएफसी कपमा डेब्यू गर्न तयार छन् ।
एसियामा दोस्रो श्रेणीको प्रतियोगिता मानिने एएफसी कपको प्रारम्भिक चरणको पहिलो खेलमा आर्मीले अप्रिल ७ मा श्रीलंका पुलिसको सामना गर्नेछ । जित हासिल गरे विभागिय टोली दोस्रो खेलमा भारतीय प्रतिद्वन्द्वी बेंगलुरु एफसीसँग भिड्नेछ । प्रारम्भिक चरणको दोस्रो खेलमा जित हासिल गरे आर्मी दक्षिण एसियाकै अर्को क्लबसँग आमनेसामने हुनेछ ।
आर्मीलाई करिब २० घरेलु प्रतियोगिता जिताइसकेका न्यौपाने नयाँ चुनौतिका लागि तयार छन् । घरेलु फुटबलमा ‘टेस्टेड’ न्यौपानेको अन्तराष्ट्रिय प्रतियोगितामा डेब्यू सफल भएमा त्यसले उनलाई मात्रै होइन अन्य प्रशिक्षकलाई पनि आत्मविश्वास प्रदान गर्नेछ । नेपाली फुटबलमा क्रमशः युवा प्रशिक्षकहरूको आगमन भइरहेका बेला एएफसी कप छनौटमा न्यौपानेको सफलताको महत्व अवश्य पनि ठूलो छ ।
घरेलु फुटबलमा ‘टेस्टेड’ न्यौपानेको अन्तराष्ट्रिय प्रतियोगितामा डेब्यू सफल भएमा त्यसले उनलाई मात्रै होइन अन्य प्रशिक्षकलाई पनि आत्मविश्वास प्रदान गर्नेछ ।
तर एएफसी कपमा छनौट हुन आर्मीले कठिन बाटो पार गर्नुपर्नेछ । पहिलो खेलमा आफू भन्दा बलियो नरहेको श्रीलंकन टोलीसँग भिड्दा आर्मी आत्मविश्वासी रहने भएपनि त्यसपछिको भारतीय प्रतिद्वन्द्वी भने नेपाली लिग उपविजेताका लागि फलामको चिउरा हुने निश्चित छ । इन्डियन सुपर लिग (आइएसएल) खेल्ने बेंगलुरु भारतीय स्टार स्ट्राइकर सुनिल क्षेत्री, उडान्त सिंह लगायतले सुसज्जित छ ।
त्यस्तै, बलिया विदेशी लिग खेलिसकेका क्रिस्टियन ओप्सेथ, एरिक पार्टालु जस्ता खेलाडीहरूको साथ पनि रहनेछ बेंगलुरुलाई । त्यसकारण प्रशिक्षक न्यौपाने अहिलेबाटै त्यस खेलका लागि रणनीति बनाउन जुटेका छन् । ‘पहिलो खेल सजिलो त पक्कै हुनेछैन । तर जितिन्छ भन्ने आत्मविश्वास चाँहि छ । दोस्रो खेल भने हाम्रो लागि ग्राहो हुनेछ । त्यसका लागि हामी अहिले बाटै रणनीति बनाइरहेका छौँ,’ न्यौपानेले भने ।
श्रीलंकाली विपक्षीविरुद्ध आर्मीले ‘प्रेसिङ गेम’ खेल्ने न्यौपाने बताउँछन् । युरोपमा बार्यन म्युनिख, बोरुसिया डर्टमन्ड, लिभरपुल जस्ता टिमहरूले खेल्ने प्रेसिङ गेम आर्मीका लागि उपयुत्त हुने न्यौपानेको भनाई छ । ‘हामीसँग धेरैबेर बल पोसेसन राखेर विपक्षीलाई दबाबमा राख्न सक्ने खेलाडीको संख्या धेरै छैन । त्यसकारण हामी प्रेसिङ गेममै ध्यान दिनेछौँ । हाम्रो खेलाडीहरू शारीरिकरुपमा बलियो छन् । अनि तिब्र गतिमा खेल्न सक्ने पनि भएकाले हाम्रा लागि यही रणनीति उपयुक्त हुनेछ,’ न्यौपानेले भने ।
बेंगलुरुसँगको खेलमा भने आर्मीले काउन्टर अट्याकमा ध्यान दिनेछ । भारतीय खेलाडी नेपाली खेलाडी भन्दा धेरै प्रतिभाशाली नभएपनि बेंगलुरु विदेशी खेलाडीको साथले बलियो भएको न्यौपानेको ठम्माई छ । ‘हामीले उनीहरूका विरुद्ध काउन्टरमै गोल गर्नुपर्ने हुन्छ । हाम्रो उदेश्य चार देखि पाँच पास खेलेर आक्रमण बुन्ने हुनेछ । बलमा नियन्त्रण राखेर उनीहरूका विरुद्ध दबाब बनाउन ग्राहो हुन्छ,’ पूर्व मनाङ फुलब्याक/विङ्गर न्यौपानेले भने ।
आफ्नै मैदान भएको आर्मी निरन्तर अभ्यासमै रहन्छ । तर आसन्न विश्वकप र एसियन कप छनौट खेलहरूका लागि बोलाइएको राष्ट्रिय टोलीको क्याम्पमा आर्मीका नौ खेलाडी परेकाले न्यौपानेको खेल योजनामा रहेर अभ्यास भइरहेको छैन । कप्तान भरत खवास देखि युवा प्लेमेकर सन्तोष तामाङ सम्म राष्ट्रिय टिमको पोखरामा राखिएको क्याम्पमा रहेकाले न्यौपाने बाँकी रहेका खेलाडीहरूलाई अभ्यास दौरान ‘टेस्ट’ गरिरहेका छन् ।
राष्ट्रिय टोलीमा पर्ने खेलाडी र बाँकी खेलाडीको स्तरमा ठूलो फरक रहने भएकाले न्यौपानेका लागि टिमलाई सन्तुलित बनाउने चुनौति पनि छ । हालै महोत्तरीमा भएको मेयर कप नकआउट प्रतियोगितामा आर्मीले भाग लिँदा न्यौपानेले अरुबेला बेन्चमा रहने खेलाडीलाई उपयोग गर्ने मौका पाए । विभागिय प्रतिद्वन्द्वी शसस्त्र प्रहरीको एपीएफलाई फाइनलमा पराजित गर्दा आर्मीका लागि दोस्रो रोजाइका रक्षक विमल पाण्डेले दुई गोल गरे ।
बेंगलुरुसँगको खेलमा भने आर्मीले काउन्टर अट्याकमा ध्यान दिनेछ । भारतीय खेलाडी नेपाली खेलाडी भन्दा धेरै प्रतिभाशाली नभएपनि बेंगलुरु विदेशी खेलाडीको साथले बलियो भएको न्यौपानेको ठम्माई छ ।
‘राष्ट्रिय टिममा पर्ने खेलाडी र बाँकी खेलाडीको स्तरमा फरक छ । तर बेन्चमा रहने खेलाडीहरूको पनि महत्व उत्तिकै रहन्छ । अहिले चलिरहेको अभ्यासमा हामी बेन्चमा हुने खेलाडीलाई प्रमुख खेलाडीको स्तरमा कसरी पुर्याउने भन्नेमै केन्द्रित छौँ । कमसेकम फिटनेसमा स्तर एउटै होस भन्ने चाहाना हो,’ न्यौपानेले भने ।
आर्मीको अग्रपंत्ति खवास, नवयुग श्रेष्ठ, जर्ज प्रिन्स कार्की जस्ता खेलाडीले सम्हाल्दा उल्लेखित स्टारहरूलाई पास उपलब्ध गराउने जिम्मेवारीमा सन्तोष तामाङ रहनेछन् । जो राष्ट्रिय टिमका पूर्व मिडफिल्डर राजु तामाङका भाई हुन् । प्रशिक्षक न्यौपाने सन्तोषलाई उनको दाजुसँग दाज्छन् । सन्तोष लामो समयसम्म आर्मीको प्रभावशाली प्लेमेकर रहेका दाजु जस्तै प्रतिभाशाली रहेको न्यौपानेको ठम्माई छ । सन्तोषको तारिफ गरिरहँदा न्यौपाने उनी जस्तो अर्को खेलाडी आर्मीमा नभएकोमा निराश पनि देखिन्थे ।
‘हाम्रो लागि सन्तोष एकदमै महत्वपूर्ण छन् । किनभने उनको स्थानमा खेल्ने अर्को खेलाडी हामीसँग छैन । उनी नहुँदा हामीले शेसेहाङ वा जितेन्द्रलाई प्लेमेकर बनाएर खेलाउनु पर्ने बाध्यता छ । उनले कमजोर लय देखाए वा घाईते भए टिमलाई निश्चय पनि असर पर्छ,’ न्यौपानेले भने । आर्मीका लागि सन्तोषको स्थानमा खेल्न सकने खेलाडी खोजी गर्न सजिलो छैन ।
एक त नेपाली घरेलु फुटबल चलायमन नहुँदा नयाँ खेलाडी ‘स्काउटिङ’ गर्न असम्भव जस्तै छ । अनि प्रतियोगिताको तयारीका लागि समय पनि धेरै छैन । यस्तोमा प्रशिक्षक न्यौपाने प्लेमेकर सन्तोष सबै खेलमा उपलब्ध होउन र राम्रो खेल देखाउन भन्ने अपेक्षामा छन् ।

एन्फा साधारणसभामा गणेश थापामाथि रोक लगाएपछि प्ले कार्ड बाेकेर प्रदर्शन (भिडिय…

गणेश थापाका छोरा भन्छन्- अदालतको आदेश देखाउँदा पनि बुवालाई प्रवेश गर्न दिएनन्

भारतसँगको युद्ध तनाव, पाकिस्तानी लिगका बाँकी खेल अब युएईमा हुने

नेपाली महिला क्रिकेटले आज हङकङबिरूद्ध खेल खेल्दै

कात्तिके फुटबल क्लब इन्द्रेणी पोखरीले जित्यो ‘खोटेहाङ फुटबल कप–२०८२’ को उपाधि

पिएसजी युइएफए च्याम्पियन्स लिगको फाइनलमा

साउदी लिगमा अल नासर पराजित

प्रतिक्रिया