ट्रक र मोटरसाइकल जुध्दा दुईको मृत्यु

धादिङ : धुनीबेंसी नगरपालिका खानीखोलामा बिहीबार ट्रक र मोटरसाइकल ठोक्किदा दुई जनाको मृत्यु भएको छ । धादिङबाट काठमाडौँतर्फ जाँदै गरेको प्र ३ ०२ ००९ प ८२३० नम्बरको मोटरसाइकल विपरीत दिशातर्फ जाँदै गरेको ना १ क ६५४७ नम्बरको ट्रकसँग जुधेको थियो ।
दुर्घटनामा धादिङ, नीलकण्ठ नगरपालिका वडा नम्बर ५ का ६० वर्षीय बलराम अधिकारी र उनका छोरा ३० वर्षीय डा सुरेश अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक महेन्द्र खड्काले जानकारी दिए । दुर्घटनापछि मोटरसाइकलमा आगलागी भएको तथा मोटरसाइकल चालक डा अधिकारी र उनका बाबु घाइते भएका थिए ।
घाइते उनीहरूको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको प्रहरी उपरीक्षक खड्काले जानकारी दिए । सवारी साधन उछिन्न लाग्दा दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् । (रासस)

जब हृदयन्द्रको जुम्ला यात्राले सामाजिक सञ्जाललाई मोहित बनायो...

इलाममा १०२ जनाले पाए आमाको नामबाट नागरिकता

विदेश पठाउने भन्दै ७१ लाख ५२ हजार ठगी गर्ने चार जना पक्राउ

ट्याङ्करले ठक्कर दिँदा सात जना घाइते

पुनर्निर्माणका लागि साततले दरबार भत्काउन सुरु

सिन्धुलीमा रुखले किच्दा दुई जनाको मृत्यु, तीन घाइते
चक्रे मिलनसहित १९ जनालाई गुण्डागर्दीको अभियोगमा म्याद थप

प्रतिक्रिया