राष्ट्रपतिज्यू, आफैले बसाएको नजिर आफैमाथि भारी नहोस- विष्णु रिजाल

काठमाडौँ : नेकपाका नेता विष्णु रिजालले गणतन्त्रमा बोलेकै आधारमा पक्राउ गर्न लगाउनु राष्ट्रपति विद्यादेवी भण्डारीको गम्भिर त्रुटि हुने बताएका छन् । बोलेकै आधारमा नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्न प्रहरी घरमा पुगेको सन्दर्भमा ट्वीट गर्दै नेकपाका युवा नेता विष्णु रिजालले अभिव्यक्ति स्वतन्त्रता, गणतन्त्र र नागरिकको पक्षमा बोल्नेलाई पक्राउ गर्न लगाउनु गम्भिर त्रुटि हुने बताएका हुन् ।
गणतन्त्रमा गणतन्त्रका लागि रगत बगाउने झाँक्रीलाई आलोचना गरेकै भरमा पक्राउ गर्न लगाउनु राष्ट्रपति भण्डारीकै लागि भारी हुने उनले टिप्पणी गरेका हुन् । आज बोलेकै आधारमा झाँक्रीलाई पक्राउ गर्दा भोलि आफै पक्राउ पर्ने सम्भावनाको पनि ख्याल गर्न रिजालको भनाई छ ।
‘आज गणतन्त्रमा गणतन्त्रका लागि रगत बगाउने रामकुमारी झॉक्रीलाई ‘राष्ट्रपतिको आलोचना गरेको’ अभियोगमा गिरफ्तार ! हेक्का रहोस् – आफूले बसालेको नजीर कुनै दिन आफैंमाथि भारी नहोस्’ रिजालले ट्वीटमा लेखेका छन् ।
साथै उनले हिजोका दिनमा राजा वीरेन्द्रको वंश विनास ज्ञानेन्द्र र पारसले गरेका हुन् भनेर लेख्दा बोल्दा कसैमाथि मुद्दा नलगाएपनि अहिले बोलेकै आधारमा झाँक्रीलाई पक्राउ गर्न लगाउनु नियतमै शंका रहेको पनि ट्वीटमा उल्लेख गरेका छन् ।
‘राजतन्त्र भएको बेलामा ‘पम्फादेवीका नाममा रानी ऐश्वर्यले स्वीस बैंकमा पैसा राखेकी छन्’ भनेर सडकमा नारा लाग्दा कोही समातिएन । ‘राजा वीरेन्द्रको बंश विनाश ज्ञानेन्द्र र पारसले गरेका हुन्’ भनेर बोल्दा–लेख्दा कसैमाथि मुद्दा लगाएको सुनिएन ।’

विधान महाधिवेशनमा केन्द्रित हुन महासचिव पोखरेलको निर्देशन

कांग्रेस बैठकमा समसामयिक विषयमा छलफल जारी

रास्वपाको सचिवालय बैठकले गर्यो यस्तो निर्णयहरु

कोइरालाले चौधरीलाई लक्षित गर्दै भनेः पार्टीलाई चन्दा दिएकै भरमा सबैले नेता म…

संविधानको महत्त्वपूर्ण कुरा उल्टाउने प्रयास हुँदैछः अध्यक्ष प्रचाण्ड

नेकपा एसले रामकुमारी झाक्रीलाई सोध्यो स्पष्टीकरण

राप्रपाले रुपन्देही ३ को उपनिर्वाचनका लागि उम्मेदवारको सूची पठाउन दियो निर्दे…

प्रतिक्रिया