झाँक्रीलाई गिरिफ्तारी गर्नु आफ्नो स्वार्थ पूर्ति गर्ने षड्यन्त्र हो : जनार्दन शर्मा

काठमाडौँ : नेकपाका नेता तथा पूर्व गृहमन्त्री जनार्दन शर्माले नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्ने कुरा नागरिक स्वतन्त्रताको हनन् भएको बताएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध बोलेको आरोपमा झाँक्रीलाई पक्राउ गर्न प्रहरी निवासमा पुगेपछि नेता शर्मा यस्तो बताएका हुन् ।
'रामकुमारी झाँक्रीलाई पक्राउ गर्ने कुरा नागरिक स्वतन्त्रताको हनन् मात्र होइन देशलाई मुठभेडमा लगेर आफ्नो निहित स्वार्थ पुर्ती गर्ने षड्यन्त्र हो' शर्माले भने ।
झाँक्रीको घर अगाडी सरकार-प्रहरीविरुद्ध नेकपा कार्यकर्ताले नाराबाजी गरेका छन् । झाँक्रीको पक्षमा नेकपा कार्यकर्ताहरूले चर्को नाराबाजी गरेका हुन् ।
‘प्रहरी प्रशासन- मुर्दावाद’ भन्दै बाहिर नाराबाजी भइरहेको छ । नेकपाका नेता कार्यकर्ताले ‘रामकुमारी झाँक्री हाई हाई, केपी ओली बाई बाई’ भन्ने नारा लागिरहेको छ ।
झाँक्रीले सुोधपुछका लागि बोलाएको जानकारी दिएकी छन् । दुई जना महिला प्रहरीसहित सादा पोशामा झाँक्रीलाई पक्राउ गर्न गएको प्रहरी टोली भने नाराबाजीपछि प्रहरीको संख्या थपिएको छ ।

उपेन्द्र यादवले भने, ‘भुमी सबन्धी बिधेयकको बिरोध रहन्छ'

निजामती सेवामा प्रवेश गर्ने उमेर पुरुषको ३५ र महिलाको ३९ वर्ष

जलवायु परिवर्तन अब सुदूरको खतरा रहेन : प्रधानमन्त्री ओली

हिमालदेखि महासागरसम्मको सोच जरुरी : प्रधानमन्त्री ओली

पहिलो पटक राष्ट्रपतिबाट हजयात्रीको बिदाई

कांग्रेस संसदीय दलको बैठक शनिबार

आतङ्कवादी आक्रमणमा परेका नेपालीका परिवारलाई सधैँ सहयोग गर्छौं : इजरायली राज…

प्रतिक्रिया