पक्राउ गर्न लगाउनु राज्य आतंक हो : झाँक्री

काठमाडौँ : पक्राउ गर्न प्रहरी घरमै आएपछि नेकपा दाहाल नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीले सरकारले राज्य आतंक मच्चाएको बताएकी छिन् । शंखमुलमा बाहिर प्रहरी पक्राउका लागि पुगेपछि पत्रकारसँग प्रतिक्रिया दिँदै नेतृ झाँक्रीले बोलेकै आधारमा पक्राउ गर्न लगाउनु राज्यले आतंक मच्चाएको बताएकी हुन् ।
उनले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको प्रतिनिधि सभा विघटन गर्ने कदमविरुद्ध आफुले सधै प्रतिवाद गर्ने पनि बताइन् । प्रतिनिधि सभा विघटन गरेर आफुलाई सडकमा जान बाध्य पार्ने राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीविरुद्ध बोल्न नछाड्ने समेत उनले बताइन् ।
झाँक्रीलाई पक्राउ गर्न घरमै प्रहरी पुगेको छ । तर नेकपाका नेता कार्यकर्ताले झाँक्रीलाई पक्राउ पर्न नदिन प्रहरीलाई घरभित्र छिर्न दिएका छैनन् । राष्ट्रपति विद्यादेवी भण्डारीलाई गालीगलौज गरेको आरोपमा प्रहरीले झाँक्रीलाई पक्राउ गर्न लागेको हो ।

उपेन्द्र यादवले भने, ‘भुमी सबन्धी बिधेयकको बिरोध रहन्छ'

निजामती सेवामा प्रवेश गर्ने उमेर पुरुषको ३५ र महिलाको ३९ वर्ष

जलवायु परिवर्तन अब सुदूरको खतरा रहेन : प्रधानमन्त्री ओली

हिमालदेखि महासागरसम्मको सोच जरुरी : प्रधानमन्त्री ओली

पहिलो पटक राष्ट्रपतिबाट हजयात्रीको बिदाई

कांग्रेस संसदीय दलको बैठक शनिबार

आतङ्कवादी आक्रमणमा परेका नेपालीका परिवारलाई सधैँ सहयोग गर्छौं : इजरायली राज…

प्रतिक्रिया