शुक्रबार ०२ जेठ, २०८२
Friday, May 16, 2025

झाँक्रीको घरअगाडि कार्यकर्ताको नारा : 'रामकुमारी झाँक्री हाई हाई, विद्या-केपी बाई बाई'

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीलाई गालीगलौज गरेको आरोपमा पक्राउ गर्न प्रहरी घरमै पुगेपछि नेतृ रामकुमारी झाँक्रीको घरअगाडी सरकार-प्रहरीविरुद्ध नेकपा कार्यकर्ताले नाराबाजी गरेका छन् । झाँक्रीको पक्षमा नेकपा कार्यकर्ताहरूले चर्को नाराबाजी गरेका हुन् ।

‘प्रहरी प्रशासन- मुर्दावाद’ भन्दै बाहिर नाराबाजी भइरहेको छ ।  नेकपाका नेता कार्यकर्ताले ‘रामकुमारी झाँक्री हाई हाई, केपी ओली बाई बाई’ भन्ने नारा लागिरहेको छ ।

झाँक्रीले सुोधपुछका लागि बोलाएको जानकारी दिएकी छन् । दुई जना महिला प्रहरीसहित सादा पोशामा झाँक्रीलाई पक्राउ गर्न गएको प्रहरी टोली भने नाराबाजीपछि प्रहरीको संख्या थपिएको छ ।

महानगरीय प्रहरी अपराध महाशाखा टेकुका प्रवक्ता कृष्णप्रसाद कोइरालाका अनुसार राष्ट्रपति भण्डारीमाथि लक्षित गरी अपमानजनक टिप्पणी गरेको विषयमा सोधपुछका लागि झाँक्रीलाई बोलाइएको हो । ‘हामीले सोधपुछका लागि आज बोलाएका छौँ,’ उनले इकागजसँग टेलिफोनमा भने, ‘सोधपुछ गरेपछि के हुन्छ भन्‍ने थाहा भइहाल्छ ।’

र, यो पनि