पक्राउ पर्नुअघि घरमै झाँक्रीको पत्रकार सम्मेलन : घरबाहिर चर्को नाराबाजी

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीलाई गालीगलौज गरेको आरोपमा पक्राउ गर्न प्रहरी घरमै पुगेपनि नेतृ रामकुमारी झाँक्री पत्रकार सम्मेलन गरेकी छन् । प्रहरी घरमै पुगेका बेला उनले पत्रकारसँग कुरा गर्दा केही सञ्चारमाध्यमले सामाजिक सञ्जालमा लाइभसमेत प्रसारण गरेका छन् ।
उनी भित्र पत्रकारसँग कुराकानी गरिरहँदा बाहिर उनको पक्षमा नाराबाजी भइरहेको छ । ‘प्रहरी प्रशासन- मुर्दावाद’ भन्दै बाहिर नाराबाजी भइरहेको छ । झाँक्रीलाई पक्राउ गर्न महानगरीय अपराध महाशाखाको टोली शंखमुल पुगेको छ । झाँक्रीले सुोधपुछका लागि बोलाएको जानकारी दिएकी छन् ।
दुई जना महिला प्रहरीसहित सादा पोशामा झाँक्रीलाई पक्राउ गर्न गएको प्रहरी टोली भने नाराबाजीपछि प्रहरीको संख्या थपिएको छ । नेकपाका नेता कार्यकर्ताले ‘रामकुमारी झाँक्री हाई हाई, केपी ओली बाई बाई’ भन्ने नारा लागिरहेको छ ।
महानगरीय प्रहरी अपराध महाशाखा टेकुका प्रवक्ता कृष्णप्रसाद कोइरालाका अनुसार राष्ट्रपति भण्डारीमाथि लक्षित गरी अपमानजनक टिप्पणी गरेको विषयमा सोधपुछका लागि झाँक्रीलाई बोलाइएको बताए । ‘हामीले सोधपुछका लागि आज बोलाएका छौँ,’ उनले इकागजसँग टेलिफोनमा भने, ‘सोधपुछ गरेपछि के हुन्छ भन्ने थाहा भइहाल्छ ।’
झाँक्रीले के भनेकी थिइन गोरखामा ?
झाँक्रीले केही दिनअघि नेकपा सिरानचोक गाउँ कमिटी गोरखाले आयोजना गरेको सभालाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीको चरित्रमाथि नै प्रश्न उठाएकी थिइन् । ‘राष्ट्रपतिका कुरा त के गर्नु र ? बडामहारानीले चुनाव हुन्छ भन्नुभएछ। बडामहारानीलाई गोरखाबाटै सन्देश दिन्छु। शीतल निवासको कारगेट छाडेर कोटेश्वर फर्किए हुन्छ। चाबहिल हो कि कता घर छ रे !'
उनले भनेकी थिइन्, ‘त्यता पनि नभए बालकोट नै गए पनि हुन्छ ‘नेपालको कुन जिल्लाबाट चुनाव लड्ने हो लड्नु, तर बडामहारानीका लागि म पनि भारी हुन सकौँला । नेकपा एमालेले २०५० सालमा गरेको निर्णय गम्भीर भूल थियो । मदन भण्डारीको हत्यापछि सेतो साडी लगाएर चुनावमा उठाउने नेकपा एमालेले जुन संस्कृति सुरु गरेको थियो, जे गरेको थियो, त्यसको प्रतिउत्पादक हो विद्या भण्डारी ।’

एमाले सचिवालय बैठक बस्दैँ

अर्थसहित ४ समितिको बैठक बस्दैँ

आर्थिक सुधारको प्रयास निरन्तर जारी छ : अर्थमन्त्री पौडेल

लोकतन्त्रमा वंशवादको स्थान छैन : ईश्वर पोखरेल
ब्रिटिस गोर्खालगायत विदेशिएका नेपालीलाई नागरिकता दिने वातावरण बनाउँछौँ : ख…

कांग्रेसले नीति तथा कार्यक्रममा रचनात्मक सुझावसहित समर्थन गर्ने

आँखा चिम्लिएर अहिलेको संविधानलाई समर्थन गर्न सक्दैनौँ : पूर्वप्रधानमन्त्री खनाल

प्रतिक्रिया